Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

एआईमा निर्भर विश्व अर्थतन्त्र जोखिममा

एआईमा निर्भर विश्व अर्थतन्त्र जोखिममा
A A+ A-

एजेन्सी । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले विश्व अर्थतन्त्र कृत्रिम बुद्धिमत्ता (एआई) मा अत्यधिक निर्भर बन्दै गएको भन्दै वित्तीय स्थायित्वमा जोखिम बढ्न सक्ने चेतावनी दिएकी छन्।

फिलिपिन्समा आयोजित दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) शिखर सम्मेलनका क्रममा सोमबार सीएनबीसीसँग कुरा गर्दै उनले एआई क्षेत्रमा लगानीकर्ताको विश्वास घटेमा विश्व आर्थिक वृद्धि प्रभावित हुन सक्ने बताइन्।

‘विश्व अर्थतन्त्र एआईको एउटै खुट्टामा उभिएको छ। यो खुट्टा डगमगायो भने वित्तीय स्थायित्वमा समस्या आउन सक्छ,’ उनले भनिन्।

आईएमएफका अनुसार एआई कम्पनीहरूबीचको चक्रीय वित्तीय कारोबार बढेर १० खर्ब डलरभन्दा माथि पुगेको छ। यस्तो कारोबारमा एउटा कम्पनीमा गरिएको लगानी विभिन्न खरिद सम्झौतामार्फत लगानीकर्ताकै हातमा फर्किने गर्छ। उक्त कारोबारको करिब दुई तिहाइ हिस्सा ऋणबाट वित्तपोषण भएको आईएमएफको अनुमान छ।

जर्जिएभाले यसको आकार अहिले नै अत्यधिक नभए पनि तीव्र गतिमा बढिरहेको बताइन्। एआई क्षेत्रमा लगानी र वित्तीय कारोबार बढ्दै जाँदा लगानीकर्ताको विश्वासमा आउने गिरावटले ठूलो प्रभाव पार्न सक्ने उनको भनाइ छ।

एआई पूर्वाधार निर्माणमा चिप निर्माता एनभिडियाको महत्वपूर्ण भूमिका रहेको छ। कम्पनीको वित्तीय तथा लगानीसम्बन्धी निर्णयले एआई क्षेत्रमा भइरहेको लगानीलाई प्रभावित गर्न सक्ने विश्लेषण गरिएको छ। यूबीएसका विश्लेषक टिम आर्क्युरीका अनुसार एनभिडियाले वित्तीय सहयोगबाट हात झिकेमा प्रणालीबाट ५० अर्ब डलर वा त्यसभन्दा बढी रकम बाहिरिन सक्छ।

एआईमा भइरहेको लगानीले व्यापार र आर्थिक गतिविधिलाई टेवा दिइरहेका बेला आईएमएफको चेतावनी आएको हो। ऊर्जा संकटलगायतका कारण विश्व आर्थिक वृद्धिमा दबाब परिरहेका बेला प्रमुख अर्थतन्त्रहरूले एआई लगानीलाई वृद्धिको महत्वपूर्ण आधार बनाउँदै आएका छन्।

आईएमएफले गत अक्टोबरमा सन् २०२६ को विश्व आर्थिक वृद्धिदरको प्रक्षेपण बढाएर ३.१ प्रतिशत पुर्‍याएको थियो। एआईको विस्तारले विश्वको करिब ४० प्रतिशत कार्यशक्तिलाई प्रभावित पार्न सक्ने संस्थाको अनुमान छ। त्यस्तै, क्यापिटल इकोनोमिक्सका अनुसार विश्वव्यापी निर्यातमा पछिल्लो समय भएको विस्तारको ८० प्रतिशत हिस्सा एआईसँग सम्बन्धित वस्तुमा केन्द्रित छ।

जर्जिएभाका अनुसार एआईप्रति लगानीकर्ताको उत्साह प्रविधिले अहिलेसम्म प्रमाणित गरेको प्रतिफलभन्दा अगाडि बढेको छ। बजारमा कम्पनीहरूको मूल्यांकन तीव्र रूपमा बढ्दा अपेक्षा पनि अस्वाभाविक रूपमा उकासिने गरेको उनले बताइन्। यस्तो अवस्थामा बजारमा केही सुधार आउन सक्ने उनको भनाइ छ।

यसअघि अक्टोबरमा आईएमएफले एआईले लगानीकर्ताको अपेक्षा पूरा गर्न नसकेमा विभिन्न सम्पत्ति बजारमा अव्यवस्थित गिरावट आउन सक्ने चेतावनी दिएको थियो। संस्थाको आकलनअनुसार सबैभन्दा खराब अवस्थामा सन् २०२६ मा अमेरिकी सेयर बजारको मूल्य २० प्रतिशतसम्म घट्न सक्छ। यसले सन् २०२८ सम्ममा विश्वव्यापी उत्पादनलाई आधारभूत अनुमानभन्दा १.१ प्रतिशत कम बनाउन सक्ने आईएमएफको प्रक्षेपण छ।

पछिल्ला केही सातायता अमेरिकी चिप निर्माता कम्पनीसहित विश्वका विभिन्न सेयर बजारमा बिक्रीको दबाब देखिएको छ। एनभिडियाको आम्दानी विवरण सार्वजनिक हुने र एन्थ्रोपिकको सेयर सूचीकरणको तयारी भइरहेका बेला एआई क्षेत्रमा लगानीकर्ताको विश्वासको परीक्षण भइरहेको छ।

जर्जिएभाले हालैको बजार उतारचढावलाई व्यवस्थित रहेको बताउँदै यसले तत्कालै विश्व अर्थतन्त्रलाई कमजोर बनाउने गरी अनियन्त्रित रूप लिने सम्भावना कम रहेको बताइन्। यद्यपि, एआई क्षेत्रमा बढ्दो लगानी र वित्तीय जोखिमप्रति सतर्क रहनुपर्ने उनको भनाइ छ।

2