Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

गण्डकीमा कफी उत्पादनको उच्च सम्भावना

गण्डकीमा कफी उत्पादनको उच्च सम्भावना
A A+ A-

पोखरा: गण्डकी प्रदेशमा कफी खेतीको ठूलो सम्भावना रहे पनि उत्पादन भने निकै न्यून देखिएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्ड पोखराका अनुसार प्रदेशमा वार्षिक २० हजार मेट्रिक टनभन्दा बढी कफी उत्पादन गर्ने क्षमता भए पनि हाल १ सय ६३ मेट्रिक टन मात्र उत्पादन भइरहेको छ।

प्रदेशका ९ जिल्लामा १ हजार ५ सय ७१ हेक्टर क्षेत्रफलमा कफी खेती भइरहेको छ। यसमा १५ हजार २ सय १९ जना किसान आबद्ध छन्। तथ्यांकअनुसार स्याङ्जामा सबैभन्दा बढी ४३ मेट्रिक टन र लमजुङमा ३ सय ९५ हेक्टर क्षेत्रफलमा कफी खेती गरिन्छ। थप ११ हजार १ सय ७५ हेक्टर जमिनमा खेती विस्तार गर्न सकिने सम्भावना रहेको बोर्डले जनाएको छ।

किसानहरूले जनशक्ति अभाव, रोगकिराको प्रकोप र न्यून समर्थन मूल्यका कारण उत्पादन बढाउन कठिनाइ भइरहेको गुनासो गरेका छन्। स्याङ्जाकी किसान माया तिवारीले भनिन्, ‘जुन मूल्य तोकिएको छ, त्यसले खेतालाको ज्यालासमेत उठ्दैन।’ आर्थिक वर्ष २०८१/०८२ मा सरकारले फ्रेस चेरीको ग्रेड ‘ए’ का लागि प्रतिकिलो १ सय ५ रुपैयाँ मूल्य तोकेको थियो।

नेपालभर हाल ७ सय ९० मेट्रिक टन ग्रिन बिन कफी उत्पादन भइरहेको छ। भन्सार विभागका अनुसार नेपालले ७०.९ टन कफी निर्यात गरी १४ करोड ४९ लाख रुपैयाँ आम्दानी गरेको छ, तर सोही अवधिमा १९ करोड ४७ लाख रुपैयाँ बराबरको २ सय ५९ टन कफी आयात भएको छ।

यसैबीच, स्याङ्जाको कफी जापानको नागोया विश्वविद्यालयको सहकार्यमा अन्तरिक्षसम्म पुगेर आएको छ। हालै जापानमा भएको ‘वर्ल्ड अफ कफी’ प्रदर्शनीमा नेपाली कफीले ९२ स्कोर प्राप्त गर्दै प्रतिकिलो ३० हजार रुपैयाँमा बिक्री भएको थियो। कफी विज्ञ महेन्द्र श्रेष्ठले नेपाली अरेबिका कफीको साख जोगाउन गुणस्तर र अग्र्यानिक पद्धतिमा ध्यान दिनुपर्नेमा जोड दिएका छन्।

गण्डकी प्रदेश सरकारले निर्यातजन्य बालीका लागि ४ करोडभन्दा बढी बजेट विनियोजन गरेको वरिष्ठ कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले जानकारी दिए। पोखरा महानगरपालिका र कृषि तालिम केन्द्रले पनि किसानलाई प्राविधिक तालिम र प्रोत्साहन अनुदान दिने योजना अघि सारेका छन्।

2