Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

श्रम मन्त्रालयद्वारा २८ प्रतिष्ठानमा निरीक्षण, न्यूनतम पारिश्रमिक र एसएसएफ लागू गर्न निर्देशन

श्रम मन्त्रालयद्वारा २८ प्रतिष्ठानमा निरीक्षण, न्यूनतम पारिश्रमिक र एसएसएफ लागू गर्न निर्देशन
A A+ A-

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतका विभिन्न कार्यालय र व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रले मङ्सिर ८ गते २८ वटा प्रतिष्ठानमा अनुगमन गरेको छ।

पोखरा, नेपालगन्ज, बुटवल र धनुषास्थित श्रम तथा रोजगार कार्यालयका टोलीले गरेको उक्त निरीक्षणमा रोजगार सम्झौता, न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा कोष (एसएसएफ) आबद्धता र श्रम अडिटलगायतका विषय समेटिएका थिए।

अनुगमन गरिएका २४ प्रतिष्ठानका ३०० कर्मचारीमध्ये २६५ जना अर्थात् करिब ८८ प्रतिशत एसएसएफमा आबद्ध नभएको पाइएको छ। यसमा काठमाडौंका १२ प्रतिष्ठानका १७४, पोखराका ६ प्रतिष्ठानका ४६, बुटवलका ४ प्रतिष्ठानका ३२ र नेपालगन्जका २ होटेलका १३ कर्मचारी रहेका छन्। त्यस्तै, ७ प्रतिष्ठानका ३२ कर्मचारीसँग रोजगार सम्झौता वा नियुक्ति पत्र नभएको भेटिएको छ।

न्यूनतम पारिश्रमिकको हकमा पोखराका ६ प्रतिष्ठान, नेपालगन्जका २ र बुटवलका २ होटेलका गरी ६७ कर्मचारी प्रभावित पाइएका छन्।

पोखराका ६ प्रतिष्ठानमा कार्यरत ४६ कर्मचारीका लागि ओभर टाइम र बिदाको व्यवस्थासमेत श्रम ऐनअनुसार नरहेको पाइएको छ। श्रम अडिट पेस नगर्नेमा काठमाडौंका ३, पोखराका ६, नेपालगन्जका ३ र धनुषाको १ प्रतिष्ठान रहेका छन्। निरीक्षण टोलीले सम्बन्धित प्रतिष्ठानहरूलाई श्रम ऐनअनुसार रोजगार सम्झौता गर्न, न्यूनतम पारिश्रमिक सुनिश्चित गर्न, सबै श्रमिकलाई एसएसएफमा जोड्न र तोकिएको समयमै विवरण बुझाउन कडा निर्देशन दिएका छन्।

2