Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

भारतसहित १४ देशमाथि अमेरिकाको नयाँ भन्सार शुल्क, चीनलाई सबैभन्दा बढी ४० प्रतिशतसम्म कर

भारतसहित १४ देशमाथि अमेरिकाको नयाँ भन्सार शुल्क, चीनलाई सबैभन्दा बढी ४० प्रतिशतसम्म कर
A A+ A-

काठमाडौं । अमेरिकाले भारतसहित आफ्ना प्रमुख व्यापारिक साझेदार १४ देशमाथि नयाँ भन्सार शुल्क (ट्यारिफ) लगाउने घोषणा गरेको छ। विभिन्न उत्पादन क्षेत्रमा आवश्यकताभन्दा बढी उत्पादन तथा उत्पादन क्षमता रहेको विषयमा गरिएको अनुसन्धानपछि अमेरिकाले नयाँ शुल्क लगाउने निर्णय गरेको हो।

रोयटर्सका अनुसार नयाँ भन्सार शुल्क निर्धारण गर्नुअघि अमेरिकी व्यापार कानुनको धारा ३०१ अन्तर्गत अनुसन्धान गरिएको थियो।

अनुसन्धानको दायरामा भारत, चीन, युरोपेली संघ, सिंगापुर, स्विट्जरल्यान्ड, इन्डोनेसिया, मलेसिया, कम्बोडिया, थाइल्यान्ड, दक्षिण कोरिया, भियतनाम, ताइवान, बंगलादेश र जापान रहेका छन्। अमेरिकाले विभिन्न देश र उत्पादनअनुसार फरक–फरक दरमा भन्सार शुल्क लगाउने जनाएको छ।

नयाँ व्यवस्थाअनुसार चीनमाथि सबैभन्दा बढी ४० प्रतिशतसम्म भन्सार शुल्क लगाइनेछ। त्यसपछि भियतनाममाथि ३५ प्रतिशतसम्म शुल्क लाग्नेछ। अन्य देशमाथि भने २० देखि २५ प्रतिशतसम्म शुल्क निर्धारण गरिएको छ।

थाइल्यान्ड र भारतमाथि अधिकतम २५ प्रतिशतसम्म भन्सार शुल्क लाग्नेछ। त्यस्तै, जापानलगायत केही देशमाथि अधिकतम २० प्रतिशतसम्म शुल्क लगाइनेछ। यस सूचीमा बेलायत भने समावेश छैन।

यद्यपि, अनुसन्धानको दायरामा परेका सबै देशमाथि घोषित अधिकतम दर नै लागू नहुन सक्छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै केही देशसँग व्यापार सम्झौता गरी भन्सार शुल्कको अधिकतम सीमा निर्धारण गरिसकेका छन्। त्यसैले ती देशका हकमा सम्झौताअनुसार वास्तविक शुल्कदर कम हुन सक्नेछ।

नयाँ भन्सार शुल्कले अमेरिकाका प्रमुख व्यापारिक साझेदारसँगको व्यापार सम्बन्ध र अन्तर्राष्ट्रिय बजारमा थप प्रभाव पार्ने देखिएको छ।

2