Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

एआई लगानीप्रति बढ्दो चिन्ता, विश्व सेयर बजारमा तरंग

एआई लगानीप्रति बढ्दो चिन्ता, विश्व सेयर बजारमा तरंग
A A+ A-

हङकङ । अमेरिकी सेयर बजारमा कृत्रिम बुद्धिमत्ता (एआई)सम्बन्धित कम्पनीका सेयरमा भारी बिक्री चाप देखिएपछि बुधबार एसियाली सेयर बजारमा पनि गिरावट आएको छ । लगानीकर्ताको चिन्ता बढेसँगै अधिकांश प्रमुख एसियाली बजार ओरालो लागेका छन् भने अमेरिकी फ्युचर्स र कच्चा तेलको मूल्यसमेत घटेको छ ।

ताइवानको ताइएक्स परिसूचक ५ प्रतिशतले घटेको छ । एआई चिप निर्माता ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टीएसएमसी) को सेयर ३.६ प्रतिशतले घट्दा चिप डिजाइन कम्पनी मिडियाटेकको सेयरमा १० प्रतिशतको गिरावट आएको छ ।

दक्षिण कोरियाको कोस्पी परिसूचक ६.२ प्रतिशतले घटेर ४ हजार ६९७.५१ अंकमा झरेको छ । सामसङ इलेक्ट्रोनिक्सको सेयर ९.९ प्रतिशत र एसके हाइनिक्सको सेयर ११.१ प्रतिशतले घटेको छ ।

जापानको निक्केई २२५ परिसूचक २.८ प्रतिशतले घटेर ५७ हजार ११.६२ अंकमा पुगेको छ । ओपनएआईमा लगानी गरेको सफ्टबैंक ग्रुपको सेयर १४.८ प्रतिशतले घटेको छ भने सेमिकन्डक्टर निर्माता किओक्सियाको सेयर १४.२ प्रतिशतले ओरालो लागेको छ ।

हङकङको हाङसेङ परिसूचक पनि ०.३ प्रतिशतले घटेर २२ हजार १५१.२८ अंकमा झरेको छ । त्यस्तै, चीनको साङ्घाई कम्पोजिट परिसूचक १.५ प्रतिशतले घटेर ३ हजार ४९४.७५ अंकमा पुगेको छ । यो एक वर्षभन्दा लामो अवधिकै न्यूनस्तर हो ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीनसहित अन्य १५ व्यापारिक साझेदारमाथि थप भन्सार शुल्क लगाउने योजना सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । यसले विश्व व्यापार र लगानीकर्ताको मनोबलमा थप दबाब सिर्जना गर्न सक्ने देखिएको छ ।

अस्ट्रेलियाको एस एन्ड पी/एएसएक्स २०० परिसूचक ०.४ प्रतिशतले घटेर ८ हजार ६९२.४० अंकमा झरेको छ । अस्ट्रेलियामा अक्टोबरको उपभोक्ता मूल्य सूचकांक वार्षिक रूपमा ४.९ प्रतिशत पुगेको छ, जुन बजारको अपेक्षाभन्दा बढी हो । यसले केन्द्रीय बैंकलाई ब्याजदर बढाउन दबाब पर्न सक्ने अनुमान गरिएको छ ।

यसको विपरीत भारतको सेन्सेक्स परिसूचक २.४ प्रतिशतले बढेको छ । यो पछिल्लो छ महिनाकै उच्च स्तर हो ।

अमेरिकी बजारमा मंगलबार एसएन्डपी ५०० परिसूचक ०.५ प्रतिशतले घट्दै पछिल्ला नौ कारोबार दिनमध्ये आठौँ पटक ओरालो लागेको थियो । नास्डाक कम्पोजिट १.५ प्रतिशतले घट्दा डाउ जोन्स इन्डस्ट्रियल एभरेज भने ०.९ प्रतिशतले बढेको थियो ।

एआई कम्पनीका सेयरमा देखिएको उतारचढावले विश्वव्यापी बजारमा लगानीकर्ताको अनिश्चितता बढाएको छ ।

2