काठमाडौं: लगातार तीन दिनको वृद्धिपछि बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ। नेप्से परिसूचक १०.८९ अंकले घटेर २६३६.७५ विन्दुमा सीमित भएको छ।
बजार ओरालो लाग्दा सेन्सेटिभ इण्डेक्स २.२७ अंक, फ्लोट इण्डेक्स ०.८२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८७ अंकले घटेका छन्। कारोबार रकममा पनि बुधबारको तुलनामा ६६ करोड रुपैयाँको गिरावट आएको छ। बिहीबार ३५५ कम्पनीको ४९ हजार ८०६ पटकको कारोबारबाट ५ अर्ब ४८ करोड ९५ लाख ८४ हजार रुपैयाँ बराबरको १ करोड ४७ लाख १० हजार कित्ता शेयर किनबेच भएको छ। बुधबार कुल ६ अर्ब १४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
कारोबार रकमका आधारमा हिमालयन उर्जा विकास कम्पनी शीर्ष स्थानमा रहेको छ। कम्पनीको २४ करोड ५१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यसैगरी पिपुल्स हाइड्रोपावर कम्पनीको साढे २२ करोड र एनआईसी एशिया बैंकको १८ करोड रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको छ।
बिहीबारको बजारमा युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ४.८८ प्रतिशत र लक्ष्मी उन्नती कोषको शेयरमूल्य ४ प्रतिशतले बढेको छ। बजारका १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने लगानी उपसमूहको परिसूचक मात्र सामान्य अंकले बढेको छ।
