Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

‘क्लिनिकल डेड’ घोषीत ट्रक ड्राइभर मोर्गन चिट्ठा जितेर यसरी बनेका थिए सौभाग्यशाली

‘क्लिनिकल डेड’ घोषीत ट्रक ड्राइभर मोर्गन चिट्ठा जितेर यसरी बनेका थिए सौभाग्यशाली
अ+ अ-

काठमाडौं।

सन् १९९८ मा अस्ट्रेलियाका बिल मोर्गन जीवनमरणको अवस्थामा थिए । एक कार दुर्घटनामा परेर अस्पताल भर्ना भएका मोर्गनलाई अस्पतालमै भयङ्कर हृदयाघात पनि भयो । जस कारण चिकित्सकले मोर्गनलाई ‘क्लिनिकल डेड’ घोषणा गरे किनभने उनको मुटु बन्द भइसकेको थियो र उनले साससमेत लिन छाडेका थिए ।

चिकित्सकले मुटुको धड्कन फर्काउन धेरै जोडतोड गरे र १४ मिनेटपछि मोर्गनको मुटु हल्का चल्न थाल्यो तर चिकित्सकले उनको जीवनमा सम्भावना चाहिँ देखेनन् । मोर्गन ‘कोमा’ मा थिए र उनमा होस आउने कुनै लक्षण थिएन । सबैले आशा मारिसकेका थिए र दुई हप्ता भइसकेको थियो । मोर्गनको शरीरमा कुनै हलचल थिएन । यतिसम्म कि उनको अन्त्येष्टिको तयारीसमेत गरिसकिएको थियो तर ३७ वर्षीय मोर्गनले सबैलाई चकित पारे, उनी होसमा आए । अस्पतालले मोर्गन होसमा आउनुलाई ‘चिकित्सा चमत्कार’ भन्यो ।

मोर्गनले ‘चिकित्सा चमत्कार’ मात्र गरेनन् एक वर्षपछि दुई पटक चिट्ठा जितेर सबैलाई स्तब्धसमेत पारे । यस कारण मोर्गनलाई विश्वको सर्वाधिक भाग्यमानी मानिस भनिन्छ । अस्पतालबाट फर्केको एक वर्षपछि मोर्गनले दुई पटक ‘स्क्रेच’ चिट्ठामा बाजी मारेर लाखौँ डलर जिते ।

मोर्गनका लागि उनको ३८ औँ जन्मदिन पहिले जीवन सहज थिएन । उनी अस्ट्रेलियामा ट्रक चलाउँथे । आफ्नी श्रीमतीसहित ट्रकसँगै जोतिएको सानो घरमा रहन्थे र श्रमबापत पाउने रकमले उनी गुजारा गर्दथे । जीवनयापनका लागि उनको सङ्घर्ष एक पक्ष थियो भने जीवनमरणको अवस्थामा गर्नु परेको सङ्घर्ष अर्को पक्ष थियो । नराम्रोसँग कार दुर्घटनामा परेर उनी गम्भीर घाइते भए र उनको मुटुको अवस्था झनै खराब भयो । अस्पतालमा चिकित्सकले मोर्गनलाई लागेको चोटपटकको उपचार गरिरहँदा औषधिको एलर्जी भएर उनलाई हृदयाघात हुन पुग्यो । चिकित्सकले १४ मिनेट ३८ सेकेन्डसम्म भरमग्दुर प्रयास गरी मोर्गनको मुटु पुनः चलाउन खोजे । मोर्गनको मुटु बन्द भइसकेको थियो र परिवारका सदस्यलाई अस्पतालले भन्यो, “हामी मोर्गनलाई ‘लाइफ सपोर्ट’ बाट हटाउँदै छौँ ।”

जसै चिकित्सकले मोर्गनलाई ‘लाइफ सपोर्ट’ बाट निकाल्न खोजे उनको मुटु सुस्तरी पुनः धड्कन सुरु भयो । मुटु चल्न थाले पनि चिकित्सकले उनको जीवनको आशा मारिसकेका थिए ।

मोर्गनले दिएको जानकारी अनुसार मुटु चले पनि चिकित्सकले उनको दिमाग मरिसकेको भनेर मेसिनबाट झिक्न खोजे तर उनकी बहिनीले त्यसो गर्न दिइनन् । अनि अल्फ्रेड अस्पतालका एक विशेषज्ञले कोमामा रहेका मोर्गनलाई आफ्नो अस्पतालले लैजाने र होसमा ल्याउन अनेक परीक्षण गर्ने बताए । कुनै एक परीक्षणले काम ग¥यो र कोमामा गएको १५ दिनपछि मोर्गनले स्थापित चिकित्सा मान्यता खारेज गर्दै आँखा खोले । मोर्गनलाई अझै पनि मुटुको गम्भीर समस्या थियो र पनि उनले राम्रोसँग स्वास्थ्यलाभ गरेर घर फर्किए ।

त्यसपछि आफ्नो बैङ्क खाता सन्तुलित पार्न सकिन्छ भनी मोर्गनले एक वर्षसम्म ‘ट्याट्सलोटो’ र पाँच डलरको स्क्रेच टिकट खरिद गरे । उनले खासै केही हात पारेनन् तर उनले त्यसपछि एक दिन अचानक तीस हजार डलर पर्ने टोयटा कोरोला कार चिट्ठामा जिते ।

मोर्गनले कार जितेको जानकारी जब सञ्चारमाध्यमलाई भयो उनीहरूले चिट्ठा जित्दाको अवस्था पुनरावृत्ति गरेर समाचार बनाउन खोजे । यस कारण सञ्चार माध्यमले मोर्गनलाई बोलाएर भने, “के तपाईं त्यही स्थानमा आउन सक्नुहुन्छ, जहाँ तपाईंले चिट्ठा किन्नु भएको थियो र टेलिभिजनमा प्रत्यक्ष प्रसारणका लागि चिट्ठा जितेको अभिनय गर्न सक्नुहुन्छ ?”

पछि मोर्गनले प्रतिक्रिया दिएका थिए, “जबसम्म पत्रिका र टेलिभिजन स्टेसनले यसको सुइँको पाएनन् तबसम्म मलाई यो ठूलो कुरा लागेको थिएन । उनीहरूले ठाने यो एक भाग्यशाली कथा हो । यसैले यो यसरी नै सुरु भयो । म त्यहाँ समाचारदाताकहाँ गएँ र उनीहरूले म पाँच डलरको स्व्रmेच चिट्ठा किन्न गइरहेको दृश्य खिच्न थाले । एक जना क्यामरामेनले भने, “यो राम्रो दृश्य हुने छ । हामीले यसलाई कोर्न तपाईंलाई भन्ने छौँ ।”

निःसन्देह मोर्गनले यस स्क्रेच चिट्ठामा हजारौँ डलर जित्ने सम्भावना १० लाखमा एक मात्र थियो तर भाग्य अर्कै थियो । प्रत्यक्ष टेलिभिजन प्रसारण भइरहँदा जसै मोर्गनले स्क्रेच चिट्ठा कोरे उनलाई तत्काल त्यसमा केही विशेष भएको भान भयो । मोर्गनले अविश्वास गर्दै भनेका थिए, “मैले साढे दुई लाख डलर जितेँ । म मजाक गरिरहेको छैन । मैले भरखरै साढे दुई लाख डलर जितेँ ।”

साँच्चै प्रत्यक्ष प्रसारण हेरिरहेकाहरूले त सुरुमा ठाने यो एक राम्रो अभिनय हो तर मोर्गन भने मैले नयाँ कार जितेको होइन, साढे दुई लाख डलर जितेको छु ।

मोर्गनले सबैलाई आफ्नो चिट्ठा टिकट देखाए र त्यसपछि उनी रुन थाले । अनि मात्र दर्शकलाई महसुस भयो उनले वास्तवमै लाखौँ डलर जिते, उनी वैध हुन् । जब उनको टिकटको जाँच गरियो त्यो वैध भएको थाहा भयो र अनि क्यामरामा त्यस टिकटलाई देखाइएको थियो । मोर्गनले अन्त्यमा प्रतिक्रिया दिए, “मैले सोचेँ मलाई अर्को हृदयाघात भएको छ ।”

2