Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

प्रभु बैङ्कका सिइओ शेरचनसहित तीन पक्राउ

प्रभु बैङ्कका सिइओ शेरचनसहित तीन पक्राउ
अ+ अ-

काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचन, नायव प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र कर्जा प्रमुख अधिकृत रिवास श्रेष्ठलाई पक्राउ गरेको छ । बैङ्किङ कसुरसम्बन्धी राष्ट्र बैङ्कको प्रतिवेदनका आधारमा सिआइबीको टोलीले शेरचनलाई बिजुलीबजारस्थित प्रभु बैङ्कको प्रधान कार्यालयबाटै पक्राउ गरेको हो ।

शेरचन पक्राउ गर्नुअघि गत कात्तिक २२ गते सिआइबीले प्रभु बैङ्कको सो प्रमुख कार्यालयमा छापा मारी महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो ।

त्यसअघि गत कात्तिक ११ गते सिआइबीले प्रभु समूहका पूर्वअध्यक्ष देवीप्रकाश भट्टचनलाई पक्राउ गरेको थियो । देवीप्रकाशमाथि प्रभु म्यानेजमेन्ट कम्पनीको ९८ करोड रुपियाँभन्दा बढी रकम हिनामिना गरेको आरोप लागेको छ । प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाको उजुरीपछि सिआइबीले अध्यक्ष भट्टचन र सिइओ शेरचनलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।

सिआइबीका प्रवक्ता शिवकुमार श्रेष्ठले प्रभु ग्रुपसँग सम्बन्धित आर्थिक हिनामिनाबारे आवश्यक अनुसन्धानका लागि सिइओ शेरचनलाई आइतबार पक्राउ गरिएको जानकारी दिनुभयो । पूर्वअध्यक्ष देवीप्रकाश भट्टचनमाथि बैङ्कको कर्जा अपचलन गरेको कसुरमा सिआइबीले अनुन्धान गरिरहेको छ । तत्कालीन अध्यक्ष भट्टचन र सञ्चालक कुसुम लामाको संयुक्त कम्पनी प्रभु म्यानेजमेन्ट प्रालिबाट करिब एक अर्ब रुपियाँ हिनामिना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

विसं २०६९ मङ्सिरदेखि विसं २०८१ जेठसम्म अध्यक्ष भट्टचन र सिइओ शेरचनको संलग्नतामा प्रभु म्यानेजमेन्ट प्रालिमार्फत झन्डै तीन हजार सहकारी संस्थालाई मनी ट्रान्सफरको ‘सुपर एजेन्ट’ खडा गरी झन्डै अर्ब रुपियाँ धरौटीबापतको रकम उठाएर हिनामिना गरेको पाइएको छ । कम्पनी प्रभु म्यानेजमेन्ट कम्पनीकी अध्यक्ष कुसुम लामा, ठाकुरप्रसाद मानन्धरलगायतको जाहेरीपछि ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ र नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ अन्तर्गतको कसुरमा शेरचन र भट्टचनमाथि अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ ।

2