Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

चुनावपछि अर्थतन्त्र लयमा फर्किन्छ : अर्थमन्त्री खनाल

चुनावपछि अर्थतन्त्र लयमा फर्किन्छ : अर्थमन्त्री खनाल
अ+ अ-

लहान- नेपाल सरकारको अर्थमन्त्री डा.रामेश्वर खनालले फागुन २१ गतेको चुनावपछि अर्थतन्त्र पूर्ण रुपमा लयमा फर्किने बताउनुभएको छ ।

लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल लहानको जग्गा हस्तान्तरण र सम्मान कार्यमा बोल्दै उहाँले यस्तो बताउनुभयो ।

जेनजी आन्दोलनपछि गठिन वर्तमान सरकार चुनाव गराउने प्रमुख दायित्व रहेकोले चाहेर पनि सोचे अनुसार अर्थतन्त्रमा सुधार हुन नसके पनि सुशासन स्थापना, भ्रष्टाचार नियन्त्रण गर्न काम गरिरहेको मन्त्री खनालले बताउनुभयो । उहाँले भन्नुभयो,‘‘विनियोजित बजेटलाई कार्यान्वयनको लागि परेका छौँ । अर्थतन्त्रलाई लयमा फर्काउन काम सुरु भए पनि चुनावपछि पूर्ण रुपमा लयमा फर्किनेछ ।’’

देशको अर्थतन्त्रलाई सवल बनाउन विधिको शासन, प्रणालीगत सुधार र आचरणमा परिवर्तन आवश्यक रहेकोले परिर्वतनलाई संस्थागत गर्न जेनजी आन्दोलनमा उठेको माग सम्बोधन गर्न फागुन २१ गते हुने चुनावमा परिवर्तनकारी शक्तिको नेतृत्वमा सरकार गठन हुनुपर्ने धारणा व्यक्त गनुभयो ।

आफू राष्ट्रपति चुरे संरक्षण कार्यक्रममा आवद्ध रहँदा लहान नगरपालिकाको उत्तरी भेगमा रहेको देवी दहको संरक्षणको कार्यमा आउँदा लहानको सामाजिक परिवेशबाट परिचित रहेको छु,’’ उहाँले भन्नुभयो,‘‘४७ वर्षसम्म यस अस्पतालको जग्गा रजिष्ट्रेशन नहुनु र जेनजी आन्दोलनपछि बनेको सरकारले ४७ दिनमै एक करोड २४ लाख लाभकर मिनहा गरेर दाता परिवारद्वय मुरारका र शारडा परिवारको चाहना पुरा भएको छ । यसको लागि युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको महत्त्पूर्ण भूमिका रह्यो ।’’

अस्पतालको थप विकासको लागि विनियोजित बजेटबाट थप बजेट दिन नमिल्ने प्रावधान रहेको मन्त्री खनालले भन्दै स्वास्थ्य मन्त्रालय र मधेश प्रदेशको बजेटबाट यस अस्पतालमा ट्रमा सेन्टर सञ्चालनको लागि पहल गरिने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेश प्रदेशको जनसंख्या अनुसार बजेट नभएकोले शिक्षा स्वास्थ्य कृषि र पर्यटन क्षेत्रमा चाहेर पनि काम गर्न नसक्ने अवस्था रहेको बताउनुभयो ।

कार्यक्रममा दाता परिवारको तर्फबाट मुरारीलाल मुरारका र पवन कुमार शारडाले वर्तमान सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले गरेको पहलबाट ४७ वर्षमा हुन नसकेको कार्य भएकोमा सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष विकास शारडाले उद्योगी व्यापारीलाई लगानी गर्न सुरक्षाको व्यवस्थाको माग गर्दै ज्ञापनपत्र अर्थमन्त्री खनाललाई बुझाउनुभयो ।

दिनहुँ अस्पतालमा चार सय बहिरङग सेवा लिइरहेको यस अस्पतालमा भौतिक सुधार र उपचारलाई प्रभावकारी बनाउन दक्ष चिकित्सक भर्ना आवश्यक रहेको ध्यनाकर्षण अस्पतालका मेसु रञ्जितकुमार झाले गराउनुभयो ।

कार्यक्रममा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री जङगीलाल राय, प्रदेशसभा सदस्य राजेन्द्रप्रसाद चौधरी, राजकुमार गुप्ता, सिरहा जिल्ला समन्व समिति प्रमुख दिनेशकुमार महतो, लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरी लगायतका उपस्थिति रहेको थियो । कार्यक्रम अस्पताल विकास समितिको अध्यक्ष राम नारायण मेहताको अध्यक्षतामा सम्पन्न भएको थियो ।

2