काठमाडौँ- सुनचाँदीको मूल्यमा बुधबार पहिरो गएको छ । नेपाली बजारमा बुधबार सुनको मूल्य मंगलबारको तुलनामा प्रतितोलामा ११ हजार रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ लाख २८ हजार ६०० रुपैयाँ रहेको सुनको भाउ बुधबार भने ३ लाख १७ हजार ६०० कायम भएको छ ।
यसैगरी, चाँदीको भाउमा सुनको भन्दा ठूलो पहिरो गएको छ । मंगलबार प्रतितोला ५ हजार ८१५ रुपैयाँ रहेको चाँदीको मूल्य घटेर बुधबार भने ५ हजार ५४० मा सीमित बन्न पुगेको हो । चाँदीको मूल्य २७५ रुपैयाँले घट्न पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।