Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

‘देश खरानी हुँदा पनि नीति तथा कार्यक्रमले बोलेन’

‘देश खरानी हुँदा पनि नीति तथा कार्यक्रमले बोलेन’
अ+ अ-

काठमाडौँ- नेकपा (एमाले)का उपाध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले देश खरानी हुँदा सरकारको नीति तथा कार्यक्रम मौन रहेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभामा मङ्गलबार विशेष समयमा धारणा राख्दै नेता बादलले त्यस्तो बताउँदै दुई तिहाई सरकारले सुकुमवासीको बस्तीमा परेड खेल्नु गलत भएको बताउनुभयो । ऋण लिएर विकास हुन्न भन्नेहरूले नै हरेक मन्त्रीपरिषद बैठकमा अरबाैं ऋण स्वीकृत गरिरहेको भन्दै उहाँले व्यंग्य गर्नुभयो ।

दुई तिहाइको सरकारको गतिविधिले देशलाई दुर्घटनातर्फ लग्ने सङ्केत देखाइरहेको बताउँदै नेता बादलले देशलाई असाधारण दुर्घटनाबाट जोगाउनेतर्फ ध्यान दिन आग्रह गर्नुभयो । सरकारको नीति तथा कार्यक्रमलाई पुनरलेखन गरी देश र जनताको पक्षमा ल्याउन उहाँले सुझाव दिनुभयो ।

2