Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

सदनमा प्रधानमन्त्री आउनुपर्ने माग गर्दै सदन अवरुद्ध

सदनमा प्रधानमन्त्री आउनुपर्ने माग गर्दै सदन अवरुद्ध
अ+ अ-

काठमाडौं- प्रतिनिधि सभामा प्रधानमन्त्री वालेन्द्र शाहकाे उपस्थितिको माग गर्दै विपक्षीहरूले सदन अवरुद्ध गर्नु भएको छ ।

बुधवार बसेको प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल शुरु गरियोस् भन्ने प्रस्ताव प्रधानमन्त्री बालेन्द्र साहले तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई प्रस्तुत गर्ने अनुमति दिएपछि त्यसको विरोध गर्दै विपक्ष दलका सांसदहरुले बैठक अवरुद्ध पारेका हुन् ।

सभामुख डोलप्रसाद अर्यालले पटक पटक बस्न आग्रह गर्दा पनि सांसदहरुले आपत्ति जनाइरहेका छन् ।

यसैबीच श्रम संस्कृति पार्टी प्रधानमन्त्री साह नआइकन नीति तथा कार्यक्रममाथि छलफल हुन नसक्ने भन्दै संसद छोडेर बाहिरिएको छ ।

बैठकमा नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाहीले आ–आफ्नो धारणा राख्नु भएको छ । सभामुखले समय दिएपछि सांसदहरूबिच सवाल जवाफ भइरहेको छ ।

प्रतिनिधि सभाको नियमावलीमा प्रधानमन्त्री उपस्थित हुन नसकेको अवस्थामा तोकेकाे मन्त्रीले जवाफ दिने व्यवस्था रहेको छ ।

2