काठमाडौँ- सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि ६ अर्ब आठ करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।
सङ्घीय संसद्को संयुक्त बैठकमा बिहीबार आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले युवा तथा खेलकुद मन्त्रालय र समग्र खेलकुद क्षेत्रको विकासका लागि उक्त रकम विनियोजन गरेको उल्लेख गर्नुभयो ।
युवा तथा खेलकुदको बजेटमा १६ वर्षमाथिका युवालाई स्वयं सेवा परिचय पत्र प्रदान गरिने, युवालाई ब्यवसायमा लाग्न दुई देखि तीन लाख रुपियाँ विनाधितो तीन प्रशित ब्याजमा उपलब्ध गराउने उल्लेख छ ।
यस्तै बजेटमार्फत सरकारले खेल पूर्वाधारको निर्माण र ब्यवसायिकताको विकासका लागि लगानी बढाउने जनाएको छ । बजेटमा निजि क्षेत्रलाई खेल पूर्वाधारमा लगानी गर्न प्रोत्साहन गर्ने, झापामा अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण गर्न ४२ करोड बजेट विनियोजन गरेको छ ।
यस्तै कीर्तिपुर क्रिमेट मैदान निर्माण र स्तरोन्नतीका लागि ४२ करोड विनियोजन गरेको छ । बजेटमा चितवनको क्रिकेट रङ्गशाला निर्माणका लागि अनुदान उपलब्ध गराउने, कर्णालीमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ५४ करोड रुपियाँ विनियोजन गरेको छ ।
बजेटमा एन्टी डोपिङ, खेलाडी र प्रशिक्षकलाई प्रोत्साहन, महिला खेलाडीको विकासका लागि प्रशिक्षक र प्रशिक्षणको उचित ब्यवस्ता, फाप्ला, मुलपानी क्रिमेट मैदानलगायत क्षेत्रीय स्तरका रङ्गशाला निर्माणका लागि आवश्यक बजेटको ब्यवस्था गरेको पनि उल्लेख गरिएको छ ।