Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

नेपालगन्जमा चाडपर्वका अवसरमा १३० क्विन्टल सहुलियत दरको चामल बिक्री

नेपालगन्जमा चाडपर्वका अवसरमा १३० क्विन्टल सहुलियत दरको चामल बिक्री
A A+ A-

नेपालगन्ज: यस वर्षको दसैँ, तिहार तथा छठ पर्वका अवसरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगन्ज कार्यालयले १३० क्विन्टल चामल सहुलियत दरमा बिक्री गरेको छ। चाडपर्वलाई लक्षित गरी सुरुमा १०० क्विन्टलको कोटा निर्धारण गरिए पनि माग बढेपछि थप ३० क्विन्टल थपेर बिक्री गरिएको कार्यालयले जनाएको छ।

नेपालगन्जस्थित कार्यालयका प्रमुख रामशरण लामिछानेका अनुसार गत साउन २८ गतेदेखि तिहारसम्म सहुलियत दरमा चामल बिक्री गरिएको थियो। सीमावर्ती भारतीय बजार रुपैडिहाबाट चामल आयातमा भन्सार कार्यालयले कडाइ गरेपछि स्थानीय उपभोक्ता सहुलियत दरको चामल खरिद गर्न केन्द्रमा पुगेका थिए। कम्पनीले विभिन्न प्रकारका चामलमा प्रतिक्विन्टल ५०० रुपियाँ छुट दिएको थियो।

सूचना अधिकारी शिवराज घिमिरेका अनुसार यस अवधिमा करिब ३०० विपन्न तथा मध्यम वर्गीय परिवारले सहुलियतको लाभ लिएका छन्। कुल १३० क्विन्टल चामल बिक्रीबाट उपभोक्ताले ६५ हजार रुपियाँ छुट पाएका छन्। कार्यालयले कुल ११ लाख ३३ हजार ९७५ रुपियाँ बराबरको चामल बिक्री गरेको हो।

कार्यालयका अनुसार बिक्री भएका चामलमध्ये ११५ क्विन्टल स्टिम जिरा मसिनो चामल रहेको छ भने अन्य १५ क्विन्टलमा अरुवा मोटा, अरुवा मध्यम, मध्यम सिल्की र स्टिम जिरा फोर्टिफाइड चामल रहेका छन्। सहुलियतपछि मोटा चामल प्रतिक्विन्टल ५ हजार ६००, अरुवा मध्यम ५ हजार ८००, मध्यम सिल्की ५ हजार ९०० तथा स्टिम जिरा मसिनो र स्टिम जिरा फोर्टिफाइड चामल ८ हजार ५०० रुपियाँमा उपलब्ध गराइएको थियो।

2