Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

अटोमोबाइलको कुम्भमेला आजदेखि, ४० नयाँ सवारीसाधन सार्वजनिक हुँदै

अटोमोबाइलको कुम्भमेला आजदेखि, ४० नयाँ सवारीसाधन सार्वजनिक हुँदै
अ+ अ-

काठमाडौं । नेपाली अटोमोबाइल बजारको प्रमुख प्रदर्शनी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आजदेखि काठमाडौंमा सुरु हुँदैछ। दोस्रो संस्करणको एक्स्पोमा ५५ ब्रान्ड सहभागी हुँदैछन् भने ईभी, हाइब्रिड, प्लग–इन हाइब्रिड तथा इन्धनबाट चल्ने गरी करिब ४० नयाँ सवारीसाधन सार्वजनिक हुनेछन्।

एक्स्पोमा गाडी खरिदसँगै बैंकिङ र बिमाको सुविधा पनि एउटै थलोमा उपलब्ध हुनेछ। ग्राहकले सवारीको मूल्य, फिचर र प्रविधिसँगै सवारी कर्जाको ब्याजदर, डाउन पेमेन्ट, कर्जा अवधि तथा बिमासम्बन्धी जानकारी प्रत्यक्ष लिन सक्नेछन्।

नाइमा अध्यक्ष ऋतु सिंह वैद्यका अनुसार गत वर्ष ४२ ब्रान्ड सहभागी भएकोमा यसपटक संख्या बढेर ५५ पुगेको छ। एक्स्पोमा दुई चार्जिङ कम्पनी र ट्राफिक प्रहरीको एपसमेत सहभागी छन्।

दसैँ–तिहारअघि आयोजना भएको एक्स्पोले चाडपर्वको सवारी बिक्रीलाई समेत गति दिने अपेक्षा गरिएको छ। विशेषगरी ईभीतर्फ नयाँ ब्रान्ड र मोडल थपिँदै जाँदा ग्राहकले एउटै थलोमा विभिन्न सवारीको मूल्य, रेन्ज, ब्याट्री, सुरक्षा र प्रविधि तुलना गर्ने अवसर पाउनेछन्।

2