Logo

वृद्धभत्ताको उमेर बढ्यो, अब ७० वर्षमाथिकाले मात्र भत्ता पाउने

अ+ अ-

काठमाडौं – सरकारले वृद्धभत्ता पाउने उमेर हद बढाएको छ । विद्यमान व्यवस्थाले सबै ६८ वर्ष पुरा गरेका जेष्ठ नागरिकले वृद्धभत्ता पाउने व्यवस्था रहेकोमा सरकारले यसमा दुई वर्ष बढाउँदै पुनः ७० वर्ष कायम गरेको हो ।

तथापि, दुर्गम, पिछडा, दलित वृद्ध तथा जेष्ठ नागरिकले भने साविककै ६० वर्ष उमेरमा भत्ता प्राप्त गर्ने उमेर यथावत् राखिएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए । खासगरी उच्चस्तरिय आर्थिक सुधार सुझाव आयोगले दिएको सुझाव तथा सरोकारवालाको विचारलाई मनन् गर्दै यस्तो व्यवस्था गरिएको मन्त्री पौडेलले बताए ।