काठमाडौं। नेपालमा हाल कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल कोशी र मधेस प्रदेशमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ।
आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी प्रदेशको तराई भू-भाग र मधेस प्रदेशमा पनि आंशिक बदलीको सम्भावना छ। बाँकी स्थानमा भने मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
आज राति कोशी प्रदेशको तराई भू-भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्र तथा गण्डकी प्रदेशका पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ।
आइतबार पनि देशका हिमाली क्षेत्र र कोशी प्रदेशका तराईका केही स्थानमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।
