Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

भायानेटले इमाडोलमा खोल्यो सुविधासम्पन्न नयाँ शाखा

अ+ अ-

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसनले ललितपुरको इमाडोलमा सुविधासम्पन्न नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

इमाडोलस्थित राता मकै चोकमा रहेको उक्त शाखा भोलि (भदौ १ गते) देखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो ।

ग्राहकको बढ्दो संख्या र सेवाको आवश्यकतालाई ध्यानमा राख्दै विस्तार गरिएको नयाँ शाखाबाट इन्टरनेट तथा भायाटिभी जडान, महसुल भुक्तानी, ग्राहक सहायता, प्राविधिक सहयोग, फिल्ड सपोर्ट तथा फाइबर मर्मतसम्भारलगायतका सेवा स्थानीयस्तरमै उपलब्ध हुने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार नयाँ शाखाबाट इमाडोल तथा आसपासका क्षेत्रका ग्राहकले आवश्यक सेवा छिटो र सहज रूपमा प्राप्त गर्न सक्नेछन्।

डिजिटल युगमा तीव्र गतिको भरपर्दो इन्टरनेट शिक्षा, रोजगारी, व्यवसाय, डिजिटल भुक्तानी तथा मनोरञ्जनका लागि अत्यावश्यक बन्दै गएको भन्दै भायानेटले ग्राहकलाई गुणस्तरीय र निर्बाध सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

नयाँ शाखाको विस्तारसँगै स्थानीयस्तरमा ग्राहक सेवाको पहुँच थप सहज र प्रभावकारी बन्ने तथा ग्राहकसँगको सम्बन्ध अझ सुदृढ हुने विश्वास कम्पनीले व्यक्त गरेको छ।

2