Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

रिटर्नीको सीपले बदल्न सक्छ उद्योग

अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरियाबाट फर्किएका रिटर्नी उद्यमीको सीप, अनुभव र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा उपयोग गर्नुपर्ने बताएका छन्।

नेपाल–कोरिया उद्यमी व्यवसायी संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै ढकालले नेपाल र दक्षिण कोरियाबीचको सम्बन्धलाई अब कूटनीतिक र सांस्कृतिक तहमा मात्र सीमित नराखी आर्थिक तथा व्यावसायिक साझेदारीमा विस्तार गर्नुपर्ने बताए। उनका अनुसार कोरियामा काम गरेर फर्किएका हजारौँ नेपाली युवाले हासिल गरेको सीप, अनुभव, कार्यसंस्कृति र पुँजी नेपालका लागि महत्वपूर्ण आर्थिक स्रोत बन्न सक्छ।

कोरियाले करिब ६ दशकअघि गरिबीबाट औद्योगिक शक्तितर्फ गरेको रूपान्तरणबाट नेपालले धेरै कुरा सिक्न सक्ने ढकालको भनाइ छ। अनुशासित कार्यसंस्कृति, गुणस्तरमा जोड, प्रविधिको प्रयोग, निर्यातमुखी उत्पादन तथा सरकार र निजी क्षेत्रबीचको समन्वयलाई नेपालले आफ्नै परिवेशअनुसार अघि बढाउनुपर्ने उनले बताए।

विशेषगरी रिटर्नी उद्यमीले विदेशमा सिकेको काम गर्ने शैली र उत्पादकत्वमा आधारित कार्यसंस्कृति स्वदेशी उद्योगमा प्रयोग गर्न सके नेपालको औद्योगिक संरचनामै परिवर्तन ल्याउन सकिने उनको भनाइ थियो।

ढकालले नेपालमा जलविद्युत्, कृषि प्रशोधन, पर्यटन, सूचना प्रविधि तथा साना र मझौला उत्पादनमूलक क्षेत्रमा लगानीको पर्याप्त सम्भावना रहेको बताए। भारत र चीनसँगको भौगोलिक निकटता तथा सुधार हुँदै गएको लगानी वातावरणले नेपाललाई क्षेत्रीय उत्पादन केन्द्रका रूपमा विकास गर्ने अवसर दिएको उनको दाबी छ।

लगानीमैत्री वातावरण निर्माण र एकद्वार सेवाका लागि निजी क्षेत्रले सरकारसँग निरन्तर संवाद गरिरहेको भन्दै उनले यस्तो पहललाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

देशभर छरिएर रहेका साना पुँजीलाई एकीकृत गरी ठूला परियोजनामा लगानी गर्ने उद्देश्यले १० अर्ब रुपैयाँ अधिकृत पुँजीको नेपाल डेभलपमेन्ट कम्पनी लिमिटेड स्थापना गरिएको उनले जानकारी दिए। नयाँ व्यवसाय सुरु गर्न चाहने रिटर्नी उद्यमीलाई उक्त कम्पनीले लगानी साझेदारका रूपमा सहयोग गर्न सक्ने उनले बताए।

सानो पुँजी भएका लगानीकर्तालाई पनि नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडमार्फत लगानीको अवसर उपलब्ध गराउन सकिने ढकालको भनाइ थियो।

उनका अनुसार विदेशबाट फर्किएका युवासँग रहेको प्राविधिक सीप, कार्यसंस्कृति र आर्थिक अनुशासन नेपालको उद्योग क्षेत्रका लागि महत्वपूर्ण आवश्यकता हो। तर स्वदेशमा व्यवसाय सुरु गर्ने क्रममा देखिने कानुनी, प्रशासनिक तथा प्रक्रियागत झन्झट हटाउनुपर्ने उनले बताए।

सरकार, निजी क्षेत्र र सरोकारवाला निकायबीच नियमित संवाद र सहकार्यबाट यस्ता अवरोध हटाउन सकिने ढकालको भनाइ छ।

रिटर्नी उद्यमीको पुँजी र सीपलाई उत्पादनसँग जोड्न सके त्यसको प्रत्यक्ष प्रभाव रोजगारी सिर्जना, आयात प्रतिस्थापन र स्वदेशी उत्पादन विस्तारमा पर्ने उनको विश्वास छ। उनले रिटर्नी उद्यमीको लगानी र सीपबाट स्वदेशमा उत्पादन तथा रोजगारीको नयाँ आधार तयार हुने अपेक्षा व्यक्त गर्दै एफएनसीसीआई र आइएमई ग्रुपका तर्फबाट आवश्यक सहकार्य जारी राख्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाका राजदूत, कोरियाली दूतावासका प्रतिनिधि, नेपाल सरकारका अधिकारी, रिटर्नी आप्रवासी तथा उद्यमी व्यवसायीको सहभागिता थियो।

2