Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

राष्ट्र बैंकले ८५ अर्ब तान्दै

राष्ट्र बैंकले ८५ अर्ब तान्दै
A A+ A-

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न ८५ अर्ब रुपैयाँ निक्षेपका रूपमा खिच्ने भएको छ ।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले शुक्रबार सूचना जारी गर्दै १७५ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत ८५ अर्ब रुपैयाँ संकलन गर्न बोलकबोल आह्वान गरेको हो ।

राष्ट्र बैंकका अनुसार बोलकबोल भदौ ५ गते दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टममार्फत हुनेछ । निक्षेप संकलन उपकरण पनि सोही दिन निष्कासन गरिनेछ । यसको ब्याजदर भने बोलकबोलबाट निर्धारण हुनेछ ।

संकलन गरिएको निक्षेपको साँवा तथा ब्याज आगामी माघ २९ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ८५ अर्ब रुपैयाँसम्म आवेदन दिन सकिनेछ ।

निक्षेप संकलन उपकरणमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागी हुन पाउनेछन् । एउटै संस्थाले फरक–फरक ब्याजदर प्रस्ताव गर्दै एकभन्दा बढी बोलपत्र पेस गर्न सक्ने व्यवस्था गरिएको छ ।

राष्ट्र बैंकले सबैभन्दा कम ब्याजदरबाट क्रमशः बोलपत्र स्वीकार गर्दै कुल आह्वान रकम बराबर नपुगेसम्म बाँडफाँट गर्ने जनाएको छ । एउटै ब्याजदरमा माग गरिएको रकम आह्वान रकमभन्दा बढी भएमा ‘प्रो–राटा’ आधारमा रकम बाँडफाँट गरिनेछ ।

खुला बजार कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार सम्पूर्ण वा आंशिक बोलपत्र स्वीकार गर्न वा अस्वीकार गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार निक्षेप संकलन उपकरणलाई अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिनेछ । तर, यसमा लगानी गरिएको रकम अनिवार्य नगद मौज्दात अर्थात् सीआरआरमा गणना गर्न पाइने छैन ।

यद्यपि, राष्ट्र बैंकको प्रचलित निर्देशनअनुसार उक्त रकम वैधानिक तरलता अनुपात अर्थात् एसएलआर तथा तरलता अनुपातमा भने गणना गर्न सकिने व्यवस्था गरिएको छ ।

बैंकिङ प्रणालीमा आवश्यकताभन्दा बढी तरलता रहेको अवस्थामा राष्ट्र बैंकले निक्षेप संकलनलगायतका मौद्रिक उपकरणमार्फत रकम खिच्ने गर्छ । यसले प्रणालीमा रहेको तरलताको मात्रा व्यवस्थापन गर्न तथा ब्याजदरमा स्थिरता कायम गर्न सहयोग पुग्ने गर्छ ।

2