Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

एक सातामै सुन १५ हजार महँगियो

अ+ अ-

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले पछिल्लो एक सातामा तीव्र वृद्धि देखाएको छ। सात दिनको अवधिमा सुनको मूल्य प्रतितोला १५ हजार १०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साउन ३० गते प्रतितोला ३ लाख १ हजार ६०० रुपैयाँ रहेको सुनको मूल्य भदौ ५ गते शुक्रबार ३ लाख १६ हजार ७०० रुपैयाँ पुगेको छ।

एक साताको अवधिमा सुनको मूल्यमा पटकपटक ठूलो उतारचढाव देखिएको छ। साउन ३१ गते आइतबार सुन प्रतितोला ३ हजार ६०० रुपैयाँ बढेर ३ लाख ५ हजार २०० रुपैयाँ पुगेको थियो।

त्यसको भोलिपल्ट भदौ १ गते सोमबार पनि सुनको मूल्य १ हजार ६०० रुपैयाँले बढ्यो। उक्त दिन प्रतितोला ३ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

भदौ २ गते मंगलबार भने सुनको मूल्य स्थिर रह्यो। तर भदौ ३ गते बुधबार प्रतितोला २ हजार ७०० रुपैयाँ घटेपछि सुन ३ लाख ४ हजार १०० रुपैयाँमा झरेको थियो।

त्यसपछि बजारमा सुनको मूल्यले पुनः तीव्र गति लियो। भदौ ४ गते बिहीबार एकैदिन प्रतितोला ९ हजार ३०० रुपैयाँले बढेर ३ लाख १३ हजार ४०० रुपैयाँ पुगेको थियो।

भदौ ५ गते शुक्रबार पनि सुनको मूल्य थप ३ हजार ३०० रुपैयाँले बढेको महासंघले जनाएको छ। यससँगै सुनको मूल्य प्रतितोला ३ लाख १६ हजार ७०० रुपैयाँ पुगेको हो।

एक साताको तथ्यांकले सुनको मूल्यमा सामान्य उतारचढाव मात्र नभई पछिल्ला दिनमा तीव्र मूल्यवृद्धि भइरहेको देखाएको छ।

2