Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

दिपल निभो क्यू ०५ नेपाल आउँदै

अ+ अ-

काठमाडौं । चीन र थाइल्यान्डमा राम्रो बजार विस्तार गरिरहेको दिपल निभो क्यू ०५ इलेक्ट्रिक एसयूभी नेपाली बजारमा आउने भएको छ। चांगानको यो मोडल आगामी नाडा अटो शो २०२६ मा सार्वजनिक गर्ने तयारी गरिएको छ।

आकर्षक मूल्य र आधुनिक फिचरसहित चीनमा बिक्री सुरु भएको क्यू ०५ ले छोटो समयमै उल्लेख्य बजार सफलता हासिल गरेको छ। ११ अगस्ट २०२६ सम्म यसको सञ्चित बिक्री १ लाख युनिट नाघेको छ। जुलाईमा मात्रै १८ हजार ८७१ युनिट क्यू ०५ डेलिभरी भएको कम्पनीको तथ्यांक छ।

क्यू ०५ मा क्याटल ब्याट्री तथा चांगानको आफ्नै ब्याट्री सुरक्षा प्रविधि प्रयोग गरिएको छ। कम्पनीले सुरक्षा, प्रविधि र आकर्षक डिजाइनलाई यसको प्रमुख विशेषताका रूपमा अघि सारेको छ।

चीनपछि थाइल्यान्डमा समेत मोडलले उत्साहजनक प्रतिक्रिया पाएको छ। थाइल्यान्डमा सार्वजनिक भएको दुई साताभन्दा कम समयमै क्यू ०५ का ३ हजारभन्दा बढी अर्डर प्राप्त भएको जनाइएको छ।

अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने रणनीतिअनुसार चांगानले थाइल्यान्डको रायोङ उत्पादन केन्द्रबाट राइट–ह्यान्ड–ड्राइभ भेरियन्ट उत्पादन गरिरहेको छ। यसले नेपालजस्ता राइट–ह्यान्ड–ड्राइभ बजारमा मोडल विस्तार गर्न सहज हुने अपेक्षा गरिएको छ।

नेपाली बजारमा भने क्यू ०५ ले पहिले नै प्रतिस्पर्धी बनेको इलेक्ट्रिक एसयूभी बजारमा प्रवेश गर्नेछ। मूल्य, डिजाइन, फिचर, ब्याट्री क्षमता तथा बिक्रीपछिको सेवाले यसको बजार प्रदर्शन निर्धारण गर्ने देखिन्छ।

चीन र थाइल्यान्डमा प्राप्त गरेको बजार प्रतिक्रियाका कारण नेपाली ग्राहकबीच पनि दिपल निभो क्यू ०५ को आगमनलाई चासोका साथ हेरिएको छ। आगामी नाडा अटो शोमा सार्वजनिक भएपछि यसको मूल्य तथा नेपाली बजारका लागि उपलब्ध हुने भेरियन्टबारे थप जानकारी आउने अपेक्षा गरिएको छ।

2