Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

झाँक्रीको प्रश्न- राफल चिठ्ठा कहिलेसम्म ?

अ+ अ-

काठमाडौं । राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीले पूँजी बजारमा देखिएको लगातारको गिरावट र लगानीकर्ताको अवस्थालाई लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि तीखो प्रश्न उठाएकी छन्। उनले बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहे पनि पूँजी बजारमा लगानीको वातावरण बन्न नसकेको दाबी गर्दै सरकारको आर्थिक नीतिमाथि प्रश्न गरेकी हुन्।

झाँक्रीले सामाजिक सञ्जालमार्फत पूँजी बजार लामो समयदेखि मन्दीमा रहेको र यस अवधिमा लगानीकर्ताले ठूलो परिमाणमा सम्पत्ति गुमाएको उल्लेख गरेकी छन्। बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम थुप्रिएको अवस्थामा समेत शेयर बजारले गति लिन नसक्नु गम्भीर विषय भएको उनको भनाइ छ।

उनले सरकारको पूँजी बजारप्रतिको व्यवहारमाथि समेत प्रश्न उठाएकी छन्। लगानीकर्तालाई प्रहरी परिचालन गरेर डर, धम्की र थुनुवासम्मको अवस्थामा पुर्‍याउने गरिएको आरोप लगाउँदै उनले अनुसन्धानका नाममा प्रक्रिया अघि बढे पनि पर्याप्त प्रमाणको अभावमा मुद्दा दायर हुन नसकेको दाबी गरेकी छन्।

झाँक्रीले अर्थमन्त्री वाग्लेलाई लक्षित गर्दै पूँजी बजारलाई कमजोर बनाएर सरकार अघि बढ्न खोजेको आरोप लगाएकी छन्।

“पूँजी बजारलाई यसरी धरासायी बनाएर अर्थमन्त्रीज्यू राफल चिठ्ठा खेलिरहनुभएको छ। मन्त्रीज्यू, देश बनाउने भनेको यही हो?” भन्दै उनले प्रश्न गरेकी छन्।

उनको पछिल्लो टिप्पणी पूँजी बजारमा लगानीकर्ताको मनोबल कमजोर भइरहेको समयमा आएको हो। बजारको गिरावटसँगै लगानीकर्ताको सम्पत्तिमा आएको कमी, कारोबारको कमजोर अवस्था र नीतिगत अन्योललाई लिएर सरकारमाथि आलोचना बढिरहेका बेला झाँक्रीले अर्थमन्त्रीको आर्थिक नीतिमाथि प्रत्यक्ष प्रश्न उठाएकी हुन्।

झाँक्रीले यसअघि पनि अर्थमन्त्री वाग्लेमाथि उठेका आरोपको छानबिन उनी आफैंले गर्ने नभई संसद् वा संसद्ले गठन गर्ने समितिमार्फत हुनुपर्ने बताउँदै आएकी छन्।

उनका अनुसार वाग्ले योजना आयोगको सदस्य तथा उपाध्यक्ष रहँदा सत्ता संयन्त्रको महत्वपूर्ण जिम्मेवारीमा रहेकाले उनीसँग जोडिएका विषयमा निष्पक्ष अनुसन्धान आवश्यक छ। त्यसका लागि स्वतन्त्र संसदीय संयन्त्रमार्फत छानबिन गर्नुपर्ने उनको तर्क छ।

यता अर्थमन्त्री वाग्लेले भने पूँजी बजार सुधारका विषयलाई बजेटमार्फत अघि सारिएका योजनाअनुसार कार्यान्वयन गरिरहेको बताउँदै आएका छन्। लगानीमैत्री वातावरण निर्माण, नियामकीय सुधार र बजारको संस्थागत क्षमता अभिवृद्धिलाई सरकारले प्राथमिकतामा राखेको उनको भनाइ छ।

वाग्लेले हालै नेपाल धितोपत्र बोर्डको भ्रमणसमेत गरी पूँजी बजारको नियामकीय गुणस्तर सुधार तथा संस्थागत क्षमता अभिवृद्धिमा ध्यान दिन निर्देशन दिएका थिए।

यसरी पूँजी बजारको कमजोर प्रदर्शनलाई लिएर राजनीतिक प्रश्न र सरकारको सुधार प्रयासबीच बहस चर्किएको छ। एकातर्फ लगानीकर्ताले बजारमा सुधार र नीतिगत स्थायित्व खोजिरहेका छन् भने अर्कोतर्फ सरकार सुधारका कार्यक्रम कार्यान्वयन भइरहेको दाबी गरिरहेको छ।

यही पृष्ठभूमिमा झाँक्रीको पछिल्लो टिप्पणीले अर्थमन्त्री वाग्लेको पूँजी बजारसम्बन्धी नीतिमाथि राजनीतिक बहस थप चर्काउने देखिएको छ।

2