Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

मेटामाथिको मुद्दाले बदलिँदैछ सामाजिक सञ्जाल

मेटामाथिको मुद्दाले बदलिँदैछ सामाजिक सञ्जाल
A A+ A-

एजेन्सी । मेटामाथि अमेरिकामा चलिरहेको कानुनी लडाइँ अब एउटा कम्पनीको विवादमा सीमित नरहने संकेत देखिएको छ । फेसबुक र इन्स्टाग्राममा प्रयोगकर्तालाई लामो समयसम्म अल्झाइराख्ने डिजाइन हटाउन अदालतले आदेश दिए सामाजिक सञ्जालको अहिलेको स्वरूप नै बदलिन सक्छ । अनन्त स्क्रोल, स्वतः चल्ने भिडियो, एल्गोरिदममा आधारित फिड र अन्य लत लाग्ने फिचरमाथि प्रश्न उठेपछि सामाजिक सञ्जाल उद्योग नै दबाबमा परेको छ ।

अमेरिकाका विभिन्न राज्यले मेटाका प्लेटफर्ममा रहेका त्यस्ता डिजाइन हटाउन अदालतमार्फत दबाब बढाइरहेका छन् । उनीहरूको आरोप छ, मेटाले प्रयोगकर्ताको सुरक्षाभन्दा नाफालाई प्राथमिकता दिएको छ । विशेषगरी बालबालिकालाई लक्षित गरी प्लेटफर्मको प्रयोग बढाउने र उनीहरूलाई लामो समयसम्म टिकाइराख्ने रणनीति अपनाइएको आरोप राज्य सरकारहरूको छ ।

क्यालिफोर्नियाकी नायब महान्यायाधिवक्ता मेगन ओ’निलले प्रारम्भिक बहसका क्रममा मेटाले १३ वर्षमुनिका प्रयोगकर्ताको वास्तविकता लुकाएको आरोप लगाइन् । उनका अनुसार कम्पनीको व्यापारिक मोडल नै प्रयोगकर्तालाई आकर्षित गर्ने, लामो समय प्लेटफर्ममा राख्ने, उनीहरूको डेटा संकलन गर्ने र त्यसबाट विज्ञापनमार्फत आम्दानी गर्ने संरचनामा आधारित छ ।

यो मुद्दाको प्रभाव मेटामा मात्र सीमित हुने देखिँदैन । फोरेस्टरकी प्रमुख विश्लेषक केट विनिकले यसलाई सामाजिक सञ्जालको अहिलेसम्मको स्वरूपमाथि ठूलो चुनौतीका रूपमा व्याख्या गरेकी छन् । उनका अनुसार मेटाविरुद्धको फैसलाले सामाजिक सञ्जाल उद्योगमै नयाँ कानुनी नजिर बस्न सक्छ ।

विशेषगरी बालबालिकाको सामाजिक सञ्जाल प्रयोगलाई लिएर अमेरिकी राज्यहरू आक्रामक बनेका छन् । सामाजिक सञ्जालका डिजाइनले युवाको व्यवहार र मानसिक स्वास्थ्यमा नकारात्मक असर पारेको आरोप लगाउँदै विभिन्न कम्पनीविरुद्ध मुद्दा अघि बढिरहेका छन् ।

क्यालिफोर्नियाका महान्यायाधिवक्ता रब बोन्टाका अनुसार मेटा मात्रै कानुनी दबाबमा परेको कम्पनी होइन । युट्युब र स्न्यापविरुद्ध पनि यस्तै प्रकृतिका मुद्दा अघि बढिरहेका छन् । उनका अनुसार सामाजिक सञ्जाल कम्पनीहरूले बालबालिकालाई सुरक्षित राख्ने विषयमा एउटै मापदण्ड अपनाउनुपर्ने आवश्यकता देखिएको छ ।

यसअघि लस एन्जलसमा भएको सामाजिक सञ्जालको लतसम्बन्धी मुद्दामा मेटा र युट्युबलाई लापरवाह ठहर गरिएको थियो । एक युवतीले आफू सानो उमेरमा दुवै प्लेटफर्मको प्रयोगमा लत बसेको र त्यसका कारण गम्भीर शारीरिक छविसम्बन्धी समस्या, डिप्रेसन तथा आत्मघाती सोच आएको दाबी गरेकी थिइन् ।

यस्ता मुद्दाले सामाजिक सञ्जाल कम्पनीहरूको डिजाइन रणनीतिमाथि नै प्रश्न उठाएको छ । अहिलेसम्म प्रयोगकर्तालाई बढी समय प्लेटफर्ममा राख्नु कम्पनीहरूको सफलताको मुख्य आधार मानिन्थ्यो । अनन्त स्क्रोल, स्वतः चल्ने भिडियो र लगातार नयाँ सामग्री देखाउने एल्गोरिदम यही उद्देश्यमा केन्द्रित थिए ।

अब भने यही डिजाइन कम्पनीहरूका लागि कानुनी जोखिम बन्न थालेको छ ।

यदि अदालतले मेटालाई यस्ता फिचर परिवर्तन गर्न बाध्य बनायो भने अन्य कम्पनीले पनि आफ्नो प्लेटफर्ममा समान परिवर्तन गर्नुपर्ने दबाब बढ्नेछ । स्न्यापलगायत युवा प्रयोगकर्ता बढी भएका प्लेटफर्मले सम्भावित कानुनी जोखिमबाट बच्न अदालतको फैसला आउनुअघि नै डिजाइन परिवर्तन गर्न सक्ने विश्लेषण गरिएको छ ।

यसको सीधा असर सामाजिक सञ्जालको प्रयोगमा पर्न सक्छ । विशेषगरी बालबालिका र किशोरकिशोरीलाई लक्षित सुविधा नियन्त्रणमा आए प्लेटफर्ममा नयाँ युवा प्रयोगकर्ता प्रवेश गर्ने दर घट्न सक्छ । लामो समयसम्म स्क्रोल गराउने संरचना कमजोर भएपछि प्रयोगकर्ताले सामाजिक सञ्जालमा बिताउने समय पनि घट्न सक्ने अनुमान छ ।

तर उद्योगका लागि सबैभन्दा ठूलो जोखिम युवा प्रयोगकर्तामा मात्र सीमित नरहन सक्छ । वयस्क प्रयोगकर्ताले पनि सामाजिक सञ्जालका कारण आफूलाई क्षति पुगेको दाबी गर्दै यस्तै कानुनी बाटो रोज्न थाले भने मेटा र समग्र सामाजिक सञ्जाल उद्योगमाथिको दबाब झन् ठूलो हुन सक्छ ।

त्यसैले मेटामाथिको यो मुद्दा केवल फेसबुक र इन्स्टाग्रामको डिजाइन परिवर्तन गर्ने विषय होइन । यसले सामाजिक सञ्जाल कम्पनीले प्रयोगकर्तालाई कति समय प्लेटफर्ममा राख्न पाउने, बालबालिकाका लागि कस्ता सुविधा उपलब्ध गराउने र प्रयोगकर्ताको ध्यानलाई व्यापारिक वस्तुका रूपमा प्रयोग गर्ने सीमासम्म निर्धारण गर्न सक्छ ।

फैसला मेटाको पक्षमा आयो भने कम्पनीको वर्तमान मोडलले राहत पाउनेछ । तर राज्यहरूको पक्षमा फैसला आयो भने सामाजिक सञ्जाल उद्योगले वर्षौंदेखि अपनाउँदै आएको ‘जति धेरै समय, उति धेरै नाफा’ भन्ने व्यापारिक सोचमै ठूलो धक्का लाग्नेछ । त्यसपछि फेसबुक, इन्स्टाग्राम, युट्युब र स्न्यापजस्ता प्लेटफर्मको स्वरूप आजको जस्तो रहला भन्ने ग्यारेन्टी हुने छैन ।

2