Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

बीमा सुधारमा अनुसन्धान र सहकार्य

बीमा सुधारमा अनुसन्धान र सहकार्य
A A+ A-

काठमाडौं । बीमा क्षेत्रलाई थप प्रभावकारी, विश्वसनीय र दक्ष बनाउन अनुसन्धान, प्राविधिक अध्ययन तथा सरोकारवाला संस्थाबीच सहकार्य आवश्यक रहेको विज्ञहरूले बताएका छन् ।

रिसर्च इन्स्टिच्युट अफ सर्भेयर्स इन इन्स्योरेन्स (रिसी) को प्रथम वार्षिक साधारणसभाका अवसरमा आइतबार ललितपुरमा आयोजित कार्यक्रममा सहभागीहरूले बीमा सर्भेक्षण, क्षति मूल्याङ्कन, दाबी प्रक्रिया तथा बीमालेख निर्माणजस्ता विषयमा निरन्तर अध्ययन र अनुसन्धान आवश्यक रहेको बताएका हुन् ।

कार्यक्रममा रिसीका अध्यक्ष मोहन पुरुष ढकालले संस्थाको आगामी प्राथमिकता सदस्यता विस्तारका लागि प्रभावकारी संयन्त्र निर्माण गर्नु रहेको बताए । सर्भेयरहरू आ–आफ्नो क्षेत्रमा अनुभवी र दक्ष रहेको उल्लेख गर्दै उनले उनीहरूको ज्ञान र क्षमतालाई संस्थागत तथा कानुनी रूपमा उपयोग गर्नुपर्ने बताए ।

नेपाल बीमक संघका अध्यक्ष वीरेन्द्र वैदवार क्षेत्रीले नेपाली सर्भेयरहरूले कोभिड–१९ महामारी तथा विभिन्न प्राकृतिक विपद्का समयमा जोखिम मूल्याङ्कन र दाबी फर्छ्यौटमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

उनले बीमा क्षेत्रसँग सम्बन्धित संघसंस्थालाई सहभागी गराएर बीमालेखको डिजाइनदेखि दाबी मूल्याङ्कनसम्मका विषयमा संयुक्त अनुसन्धान गर्नुपर्ने बताए । इन्जिनियरिङ बीमालगायत प्राविधिक विषयमा नेपालमा व्यवस्थित अध्ययन र अनुसन्धानको आवश्यकता रहेको उनको भनाइ थियो ।

क्षेत्रीका अनुसार नेपाल बीमक संघले अन्डरराइटिङ, स्ट्यान्डर्ड फाइनान्स, पुनर्बिमा लगायतका प्राविधिक विषयमा सुझाव दिन विभिन्न प्राविधिक समूह तथा उपसमिति गठन गरेको छ । अन्डरराइटिङसम्बन्धी विषयमा सात सदस्यीय प्राविधिक उपसमितिले काम गरिरहेको उनले जानकारी दिए ।

नेपाल इन्स्योरेन्स एण्ड रिस्क म्यानेजमेन्ट एशोसिएसन (निर्मा) का उपाध्यक्ष उदयराज अधिकारीले रिसीले सुरुदेखि नै वित्तीय स्रोत, कार्ययोजना र सञ्चालन मोडलबारे स्पष्ट योजना बनाउनुपर्ने बताए ।

अनुसन्धानसँगै जर्नल तथा प्रकाशनलाई पनि संस्थागत विकासको आधार बनाउनुपर्ने उनले बताए । निर्माले विगत पाँच वर्षदेखि नियमित जर्नल प्रकाशन गर्दै आएको र हालसम्म छ वटा संस्करण प्रकाशित भइसकेको जानकारी दिँदै उनले अनुसन्धान तथा प्रकाशनमा रिसी र निर्माबीच सहकार्य गर्न सकिने बताए ।

नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष फत्तबहादुर केसीले बीमा क्षेत्रलाई थप परिष्कृत र विश्वसनीय बनाउन अनुसन्धानमूलक संस्थाको भूमिका महत्वपूर्ण हुने बताए । बीमा क्षेत्रमा देखिने नयाँ तथा आकस्मिक समस्याको पहिचान र समाधानका लागि नियमित अनुसन्धान आवश्यक रहेको उनको भनाइ थियो ।

रिसीलाई प्रभावकारी बनाउन नेपाल बीमक संघ, बीमा कम्पनी र नेपाल बीमा प्राधिकरणले आवश्यक सहयोग गर्नुपर्ने केसीले बताए ।

नेपाल बीमा प्राधिकरणका निर्देशक शम्भराज लामिछानेले सर्भेयरहरू बीमा व्यवसायका महत्वपूर्ण प्राविधिक जनशक्ति रहेको बताए । सर्भेयरको क्षमता अभिवृद्धि, तालिम तथा पेशागत विकासका लागि प्राधिकरणले रिसीसँग समन्वय गर्दै आएको उनले जानकारी दिए ।

उनका अनुसार रिसीले उपयुक्त पाठ्यक्रम विकास गरी तालिम सञ्चालन गर्न सके सर्भेयरको व्यावसायिक क्षमता विकाससँगै प्राधिकरणको कानुनी आवश्यकतासमेत पूरा गर्न सहयोग पुग्नेछ ।

लामिछानेले बीमा दाबी तथा सर्भेका क्रममा देखिने विसंगति, बीमालेखसम्बन्धी विवाद र प्राविधिक समस्याको समाधानका लागि अनुसन्धान आवश्यक रहेको बताए । रिसीले गर्ने अनुसन्धानले सर्भेयरको कार्यक्षेत्र निर्धारण, वर्गीकरण तथा नयाँ पोर्टफोलियो निर्माणमा प्राधिकरणलाई प्राविधिक सहयोग पुग्ने उनको भनाइ थियो ।

प्राधिकरणले हाल छ वटा नयाँ पोर्टफोलियो निर्माण गरिरहेको जानकारी दिँदै लामिछानेले सर्भेयरको अनुभव, दक्षता र कार्यक्षेत्र निर्धारणसम्बन्धी अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने बताए ।

कार्यक्रमका वक्ताहरूले बीमा क्षेत्रको सुधारका लागि अनुसन्धानका निष्कर्षलाई नीति निर्माण र कार्यान्वयनसँग जोड्नुपर्नेमा जोड दिएका थिए ।

2