Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

नाडा अटो शोमा एक दर्जन नयाँ दुईपांग्रे

अ+ अ-

काठमाडौं । भदौ ९ गतेदेखि सुरु हुने १८औँ नाडा अटो शोमा विभिन्न ब्रान्डले नयाँ मोटरसाइकल तथा स्कुटर सार्वजनिक गर्ने भएका छन् । यसपटकको प्रदर्शनीमा नेपाली श्रम, सीप र पुँजीमा तयार भएको ‘यात्री पी टु’ विद्युतीय स्कुटरसहित करिब एक दर्जन नयाँ दुईपांग्रे सार्वजनिक हुने भएका हुन् ।

नाडा अटो शोमा ११ कम्पनीका १३ ब्रान्डले दुईपांग्रे सवारीसाधन प्रदर्शन गर्नेछन् । प्रदर्शनीमा डेढ दर्जनभन्दा बढी नयाँ मोडल अवलोकन गर्न सकिने आयोजकले जनाएको छ ।

यस वर्षको मुख्य आकर्षण नेपालमै उत्पादन भएको ‘यात्री पी टु’ हुने देखिएको छ । सिप्रदी यात्री प्रालिले उत्पादन गरेको उक्त विद्युतीय स्कुटरको बिक्रीसमेत नाडा अटो शोबाटै सुरु गर्ने भएको छ । स्कुटरलाई अटो शोको ‘मेड इन नेपाल’ पभिलियनमा प्रदर्शन गरिनेछ ।

एमएडब्लू राइज प्रालिअन्तर्गतको यामाहा नेपालले पनि चार नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले यामाहा एक्सएसआरसहित नयाँ मोडल प्रदर्शनीमा राख्ने जनाएको छ । नयाँ मोडलको मूल्य तथा अन्य विवरण अटो शोको पहिलो दिन सार्वजनिक गरिनेछ ।

सीजी मोटर्सले हिरो ब्रान्डका तीन नयाँ मोडल सार्वजनिक गर्ने भएको छ । कम्पनीले १६० सीसीको जुम स्कुटर, १२५ सीसीको ग्ल्यामर एक्स मोटरसाइकल र २५० सीसीको एक्सट्रिम मोटरसाइकल प्रदर्शनीमा राख्नेछ । यी मोडलको बिक्रीसमेत अटो शोबाटै सुरु गर्ने कम्पनीले जनाएको छ ।

सीजी मोटर्सकै विद्युतीय ब्रान्ड भिडाले भीएक्स जेड स्कुटर र केथ्री डट मिनी मोटरसाइकल पनि प्रदर्शनीमा राख्ने भएको छ ।

मिचे अटो नेपालले पाँच नयाँ विद्युतीय मोडल सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले पाँचवटा विद्युतीय स्कुटरसहित अटो शोमा सहभागिता जनाउने भएको हो । मिचे अटोले नेपालमै विद्युतीय दुईपांग्रे सवारीसाधन एसेम्बल गर्दै आएको छ ।

रोयल इनफिल्डको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले नयाँ क्लासिक मोडल प्रदर्शनीमा राख्ने भएको छ । कम्पनीले अटो शो सुरु हुनुभन्दा दुई दिनअघि बजारमा ल्याएको नयाँ मोडललाई प्रदर्शनीमा राख्न लागेको हो ।

यसपटकको नाडा अटो शोमा क्यूजे मोटर्स, जोनसेन, भेस्पा, अप्रिलिया, रोयल इनफिल्ड, एम्पियर, रिभोल्ट र मेटा ईभीलगायत ब्रान्डको पनि सहभागिता रहनेछ ।

नयाँ मोटरसाइकल तथा स्कुटरको ठूलो संख्यामा सार्वजनिक हुनुले नेपाली दुईपांग्रे बजारमा विद्युतीय सवारी, नयाँ प्रविधि र स्थानीय एसेम्बलीप्रतिको बढ्दो चासो देखाउने व्यवसायीहरूको अपेक्षा छ ।

एउटै स्थानमा विभिन्न ब्रान्डका नयाँ मोडल उपलब्ध हुने भएकाले नाडा अटो शो उपभोक्ताका लागि नयाँ सवारीसाधनको तुलना, अवलोकन र खरिदका लागि समेत महत्वपूर्ण मञ्च बन्नेछ ।

2