काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला ३२ सयले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख २२ हजार ७०० मा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला ३ लाख १९ हजार ५०० मा कारोबार भएको थियो।
यसैबीच, सोमबार चाँदीको मूल्य भने घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ४ हजार ९६५ मा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ९७५ थियो।
