Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

बिजनेस अफिसर पन्तद्धारा आरोप अस्विकार

बिजनेस अफिसर पन्तद्धारा आरोप अस्विकार
अ+ अ-

काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नियमीत कार्यअन्तगत हस्ताक्षर गरेको फाइललाई कर्जा दूरुपयोग भन्दै जबरजस्ती पक्राउमा परेकी प्रभु बैंककी चिफ बिजनेस अफिसर रश्मी पन्तले प्रहरीसमक्ष आफूले कर्जा रकम दुरुपयोग नगरेको बयान दिएकी छन्।

पन्तका अनुसार उक्त रकम एशियन भिलेज रिसोर्टसँग सम्बन्धित जग्गा खरिद तथा पुरानो कर्जा चुक्ता गर्न प्रयोग भएको थियो। बैंकमा भएको नियमीत काममा समेत प्रहरीको सीआईबीले अनुसन्धानको नाममा प्रभुबैंकका अधिकारीलाई बद्नाम गराउँदै आएको थियो।

प्रभु बैंकको ४८ करोड घोटाला भएको भन्दै सीआइबीले अभियोगपत्र उच्च अदालत पाटनमा दर्ता गरेको छ। रूपन्देहीमा पाँचतारे रिसोर्ट बनाउन लिइएको ४८ करोड रुपैयाँ ऋणमा बैंकर र लगानीकर्ताविरुद्ध बैंकिङ कसुरको मुद्दा दायर भएको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गरेको अनुसन्धानका आधारमा सरकारी वकिलको कार्यालयले उच्च अदालत पाटनमा दर्ता गरेको अभियोगपत्र अनुसार कर्जा दुरुपयोगको योजनाकारका रूपमा ‘एसियन भिलेज रिसोर्ट प्रालि’ का सञ्चालक शशिर शर्मामाथि लागेको छ।

उनले रूपन्देहीको मायादेवी गाउँपालिकामा १५१ बेडको सुविधासम्पन्न रिसोर्ट बनाउन जग्गा खरिद गर्ने भन्दै बैंकबाट ४८ करोड रुपैयाँको आवधिक कर्जा स्वीकृत गराएका थिए ।

‘एसियन भिलेज रिसोर्ट प्रा.लि.’ का सञ्चालक शशिर शर्मा र शिशिर पौड्याललाई दुरुपयोग भएको कर्जा ४८ करोड रुपैयाँ नै असुल उपर गर्न अभियोगपत्रमा माग गरिएको छ। प्रभु बैंकका कर्मचारीलाई पक्राउ गर्ने र मुद्दा चलाउँन थालेदेखी नेपाली बैंकहरुले परियोजनामा ऋण दिन छाड्का छन्।

बैंकहरुमा प्रहरी हस्तक्षेपछि बैंकहरूमा रकम थुप्रिन थालेका छन्। हाल बैंकहरुमा १५ खर्ब पाँच अर्ब रुपैयाँ निक्षेप थुप्रेर बसेको छ। कर्जाको माग अनुसार बैंकरहरु ऋण दिन डराउँदासमेत ठूलो परिमाणको लगानीयोग्य रकम बैंकमै थुप्रिन थालेको छ।

नेपाल राष्ट्र बैंकले कर्जा–निक्षेप अनुपातको अधिकतम सीमा ९० प्रतिशत तोकेको भए पनि अहिले यो अनुपात ७१.२३ प्रतिशतमा झरेपनि ऋण प्रवाहनै हुन सकेको छैन।

अहिले नेपालमा तरलता अधिक भएसंगै बैंकिङसंगै अन्तरबैंक कारोबार समेत सुस्त बनेको छ।  बैंकिङ क्षेत्रमा बढ्दो प्रहरी हस्तक्षेपले बैंकरहरु ऋण नै दिन डराउँने र निजी क्षेत्रको कन्फिडेन्स लुज बनेको छ ।

2