Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

एसियन भिलेज रिसोर्ट प्रकरणमा ६ जनालाई धरौटीमा छाड्न आदेश

एसियन भिलेज रिसोर्ट प्रकरणमा ६ जनालाई धरौटीमा छाड्न आदेश
अ+ अ-

काठमाडौं। एसियन भिलेज रिसोर्ट प्रकरणमा पाटन उच्च अदालतले ६ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र स्वीकृति पराजुलीको संयुक्त इजलासले तोकिएको रकम नगद धरौटी वा सो बराबरको बैंक जमानत बुझाएमा उनीहरूलाई तारेखमा राख्न आदेश दिएको हो।

अदालतको आदेशअनुसार ऋणी कम्पनीका सञ्चालक तथा सह–साझेदार शशिधर शर्मालाई २ करोड रुपैयाँ धरौटी तोकिएको छ। त्यस्तै, शिशिर पौड्याललाई १ करोड रुपैयाँ धरौटी तोकिएको छ।

प्रभु बैंककी पूर्व चिफ बिजनेस अफिसर रश्मि पन्तलाई ५० लाख रुपैयाँ धरौटी तोकिएको छ। बैंकका म्यानेजर नन्दराज जोशी तथा शाखा प्रबन्धकद्वय सन्तोष ज्ञवाली र शिशिर पौडेललाई जनही १५ लाख रुपैयाँ धरौटी तोकिएको अदालतको आदेशमा उल्लेख छ।

त्यसैगरी, प्रभु बैंकको बुटवल शाखामा कार्यरत राजेन्द्र श्रेष्ठलाई पनि १५ लाख रुपैयाँ धरौटी तोकिएको छ।

अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम उनीहरूलाई धरौटीमा तारेखमा राख्न आदेश दिएको हो। तोकिएको रकम नगद धरौटीका रूपमा वा सो बराबरको बैंक जमानत बुझाएपछि उनीहरूलाई तारेखमा राख्न सकिनेछ।

यस आदेशसँगै एसियन भिलेज रिसोर्टसम्बन्धी मुद्दामा प्रतिवादी बनाइएका बैंकका पूर्व तथा वर्तमान कर्मचारी र ऋणी कम्पनीका सञ्चालकमध्ये ६ जनालाई तत्काल हिरासतमा नराखी मुद्दाको प्रक्रिया अघि बढ्ने भएको छ।

2