Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

भोटेकोशी बाढी : करिब ६० घर बगायो, त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित

भोटेकोशी बाढी : करिब ६० घर बगायो, त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित
अ+ अ-

नुवाकोट। रसुवादेखि आएको बाढीका कारण नुवाकोटको त्रिशूली बजार आसपासका करिब ६० घर बगाएको छ भने देवीघाट क्षेत्र प्रभावित भएको छ।

बाढी आएको पूर्व सूचना पाए लगत्तै त्रिशूली नदी आसपासका स्थानीयहरु सुरक्षित स्थानमा गएकाले हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए।

उनका अनुसार क्षतिको विस्तृत विवरण आउन बाँकी छ। बाढीले त्रिशूली बजारका केही घर र त्रिशूली नदीमा रहेका दुईवटा पक्की पुल बगाएको छ।

बाढीबाट त्रिशूली र देवीघाट जलविद्युत् आयोजना क्षतिग्रस्त भएको छ। यस्तै बाढीले २५ मेगावाट क्षमताको सौर्य प्लान्टको तीनवटा ब्लक र सबस्टेसन बगाएको छ।

2