Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

बाढीका कारण विद्युत् क्षेत्रमा व्यापक क्षति, अवरुद्ध भएको विद्युत् आपूर्ति सञ्चालनमा ल्याउन प्रयास

बाढीका कारण विद्युत् क्षेत्रमा व्यापक क्षति, अवरुद्ध भएको विद्युत् आपूर्ति सञ्चालनमा ल्याउन प्रयास
A A+ A-

काठमाडौँ। अविरल वर्षापछि आएको आकस्मिक बाढीका कारण रसुवाको भोटेकोशी क्षेत्रमा विद्युत् उत्पादन, प्रसारण तथा वितरण प्रणालीका महत्त्वपूर्ण संरचनामा क्षति पुगेपछि विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।

बाढीका कारण जनधनसँगै घर, सडक, पुल तथा विद्युत् संरचनामा समेत ठूलो क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

नेपाल विद्युत् प्राधिकरण नुवाकोट वितरण केन्द्रका प्रमुख राजकुमार रमणका अनुसार बाढीका कारण रसुवा भोटेकोशी क्षेत्रमा प्राधिकरणसँग सम्बन्धित विभिन्न जलविद्युत् आयोजना, प्रसारण संरचना, सबस्टेसन तथा वितरण प्रणालीमा क्षति पुगेको हो ।

क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको र क्षतिग्रस्त संरचनाको अवस्थाबारे प्राविधिक टोलीले अध्ययन गरिरहेको प्राधिकरणले जनाएको छ ।

बाढीबाट रसुवागढी जलविद्युत् आयोजना, चिलिमे जलविद्युत् केन्द्र, त्रिशूली–३ ‘ए’, त्रिशूली–३ ‘बी’ हब, २२० केभी सबस्टेसन तथा त्रिशूली र देवीघाट जलविद्युत् केन्द्रसँग सम्बन्धित संरचनामा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको प्राधिकरणले जनाएको छ। विभिन्न स्थानमा रहेका वितरण संरचनासमेत प्रभावित हुँदा विद्युत् आपूर्ति नियमित गर्न समस्या भएको जनाइएको छ ।

प्राधिकरणका अनुसार बाढीका कारण प्रभावित क्षेत्रमा विद्युत् आयोजनाका उपकरण, उत्पादनगृह, प्रसारण लाइन, सबस्टेसन र वितरण संरचनामा समेत उल्लेख्य क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। क्षतिको वास्तविक विवरण स्थलगत निरीक्षण तथा प्राविधिक मूल्याङ्कनपछि मात्रै स्पष्ट हुने प्राधिकरणले जनाएको छ ।

विद्युत् आपूर्ति नियमित गर्न प्राधिकरणले उपलब्ध जनशक्ति र स्रोतसाधन परिचालन गरी हरसम्भव प्रयास गरिरहेको जनाएको छ । बाढीका कारण अवरुद्ध भएका संरचनाको अवस्था मूल्याङ्कन गरी सम्भव भएसम्म छिटो मर्मत तथा पुनःस्थापनाको काम अघि बढाइने पनि प्राधिकरणले जनाएको छ ।

विद्युत् संरचना क्षतिग्रस्त भएका क्षेत्रमा विद्युत् लाइन तथा उपकरणबाट थप जोखिम हुनसक्ने भएकाले स्थानीयवासीलाई सावधानी अपनाउनसमेत आग्रह गरिएको छ ।

2