Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

भोटेकोसीको बाढीले टिमुरेसहित दुई बजार र भन्सार क्षेत्र तहसनहस

भोटेकोसीको बाढीले टिमुरेसहित दुई बजार र भन्सार क्षेत्र तहसनहस
अ+ अ-

काठमाडौं। बुधबार बिहान लेन्दे खोला (भोटेकोसी)मा आएको भीषण बाढीले रसुवामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीले रसुवा–चीन सीमा नाकाको टिमुरेसहित दुईवटा बजार र भन्सार क्षेत्र तहसनहस पारेको छ।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार बाढीले टिमुरे र त्यससँगै रहेको अर्को बजारमा ठूलो क्षति पुर्‍याएको छ।

‘दुईवटा बजार तहसनहस भएका छन्। टिमुरे र सँगैको अर्को एउटा बजारमा ठूलो क्षति पुगेको छ,’ अधिकारीले नेपालखबरसँग भने, ‘रसुवा भन्सार क्षेत्रमा ठूलो संख्यामा गाडी र अन्य सामग्री थिए। ती सबै बाढीमा बगेका छन्।’

उनका अनुसार बाढीले बजार क्षेत्र र भन्सार परिसरका अधिकांश संरचना बगाएको छ। भन्सार क्षेत्रमा रहेका सवारीसाधन तथा अन्य सामग्रीसमेत बाढीले बगाएको प्रारम्भिक विवरण छ।

गत वर्षको बाढीमा क्षतिग्रस्त भएको पुल पुनर्निर्माण गरी भर्खरै सञ्चालनमा ल्याइएको थियो। उक्त नयाँ पुलसमेत बुधबारको भीषण बाढीले बगाएको अधिकारीले जानकारी दिए।

बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ। तीव्र बहाव र सडक तथा सञ्चार सम्पर्कमा आएको अवरोधका कारण प्रभावित क्षेत्रमा पुगेर क्षतिको यकिन विवरण लिन कठिनाइ भइरहेको अधिकारीहरूले बताएका छन्।

2