Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

तिब्बतमा गएको हिमपहिरोले भोटेकोसीमा बाढी आएको चीनको जानकारी

तिब्बतमा गएको हिमपहिरोले भोटेकोसीमा बाढी आएको चीनको जानकारी
A A+ A-

काठमाडौं। रसुवाको भोटेकोसी नदीमा बुधबार आएको अकस्मात् भीषण बाढीको मुख्य कारण तिब्बतमा गएको हिमपहिरो रहेको प्रारम्भिक जानकारी चीनले नेपाललाई गराएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चीनतर्फ तिब्बत क्षेत्रमा हिमपहिरो खसेपछि त्यसको प्रभावस्वरूप भोटेकोसी नदीमा ठूलो बाढी आएको प्रारम्भिक सूचना प्राप्त भएको हो।

प्राधिकरणकी उपसचिव एवं प्रवक्ता शान्ति महतले चीनबाट अनौपचारिक रूपमा यस्तो जानकारी प्राप्त भएको र घटनाबारे थप विवरण बुझ्ने काम भइरहेको बताइन्।

उनका अनुसार प्रभावित क्षेत्रमा रहेका प्राविधिकहरूको प्रारम्भिक अध्ययनले तिब्बतमा गएको हिमपहिरोलाई बाढीको मुख्य कारण देखाएको छ। यद्यपि, घटनाको वास्तविक कारण र क्षतिको अवस्थाबारे विस्तृत अध्ययन तथा पुष्टि गर्ने काम जारी रहेको उनले स्पष्ट पारिन्।

जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले पनि प्रारम्भिक अध्ययनका आधारमा तिब्बतमा गएको हिमपहिरोकै कारण भोटेकोसीमा अचानक बाढी आएको देखिएको बताए। घटनाको विस्तृत प्राविधिक पुष्टि गर्ने काम भइरहेको उनले जानकारी दिए।

‘हामी केही साथीहरू चीनमै हुनुहुन्छ। खासमा भएको के हो भन्ने बुझ्ने प्रयास भइरहेको छ,’ कायस्थले भने।

उनका अनुसार चीनमा रहेका विभागका कर्मचारी तथा प्राविधिक टोलीमार्फत घटनाको थप विवरण संकलन भइरहेको छ। साथै, अन्य कूटनीतिक र प्राविधिक माध्यमबाट समेत बाढीको वास्तविक कारण पुष्टि गर्ने प्रयास भइरहेको विभागले जनाएको छ।

भोटेकोसीमा आएको भीषण बाढीले रसुवाको टिमुरे, भन्सार क्षेत्र, बजार, पुल तथा जलविद्युत् आयोजनासहितका संरचनामा ठूलो क्षति पुर्‍याएको छ।

2