Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

अमेरिकाले विश्वव्यापी भिसा समय रोकेको रिपोर्ट

अमेरिकाले विश्वव्यापी भिसा समय रोकेको रिपोर्ट
अ+ अ-

वासिङ्टन। राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले आप्रवासनसम्बन्धी छानविन कडा बनाइरहेका बेला विश्वभरका अमेरिकी दूतावास तथा वाणिज्य दूतावासमा भिसा अन्तर्वार्ताका लागि तोकिएका समय अस्थायी रूपमा रोकेको रोयटर्सले जनाएको छ । अमेरिकी विदेश मन्त्रालयले यो कदम भिसा अधिकारीहरूको विश्वव्यापी प्रशिक्षण कार्यक्रमसँग सम्बन्धित रहेको स्पष्ट पारेको छ ।

विदेश मन्त्रालयका प्रवक्ताले विश्वभरका अमेरिकी कूटनीतिक नियोगमा भिसा आवेदन मूल्याङ्कनसम्बन्धी व्यापक प्रशिक्षण सुरु गरिएको र त्यसलाई समायोजन गर्न भिसा सेवाका लागि तोकिने समय परिवर्तन गरिएको बताएका छन् । अन्तर्वार्ता पुनः कहिलेदेखि सुरु हुनेछ वा नयाँ समय कहिले तोकिनेछ भन्नेबारे विभागले कुनै समयसीमा दिएको छैन ।

यसअघि नै अन्तर्वार्ताको समय पाएका केही आवेदकलाई तोकिएको समय रद्द गरिएको र नयाँ मिति तथा समयबारे पछि जानकारी दिइने भन्दै इमेल पठाइएको फाइनान्सियल टाइम्सले जनाएको छ । यसबाट विशेषगरी अमेरिका बाहिरबाट भिसा प्रक्रिया पूरा गर्नुपर्ने आप्रवासी भिसा आवेदकमा थप अनिश्चितता देखिएको छ ।

विदेश मन्त्रालयका अनुसार प्रशिक्षणको उद्देश्य प्रत्येक भिसा आवेदकको अमेरिकी कानून तथा नियमअनुसार व्यापक र निरन्तर मूल्याङ्कन गर्न कन्सुलर अधिकारीलाई सक्षम बनाउनु हो । मन्त्रालयले आवेदक अमेरिकी सार्वजनिक सुविधामा निर्भर हुने सम्भावनालगायत पक्षको मूल्याङ्कनलाई समेत प्राथमिकता दिएको जनाएको छ ।

ट्रम्प प्रशासनले दोस्रो कार्यकाल सुरु गरेयता आप्रवासन प्रवर्तनलाई तीव्र बनाउँदै भिसा तथा ग्रिन–कार्ड आवेदकको कडा छानविन, निर्वासन अभियान र शरणार्थी प्रवेशसम्बन्धी नीतिमा कडाइ गरेको छ । प्रशासनले अवैध आप्रवासन नियन्त्रण र आन्तरिक सुरक्षा सुदृढीकरणलाई आफ्नो प्रमुख उद्देश्य बताउँदै आएको छ ।

गत वर्षदेखि आप्रवासी भिसा आवेदकले सामान्यतया आफ्नो नागरिकताको देशबाटै आवेदन प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था लागू गरिएको छ । अमेरिकामा कानूनी रूपमा बसिरहेका तथा काम गरिरहेका वा अमेरिकी पति, पत्नी वा सन्तान भएका केही आवेदकसमेत यसबाट प्रभावित भएका छन् ।

ट्रम्पले सन् २०२४ को राष्ट्रपतीय निर्वाचन अभियानका क्रममा अवैध आप्रवासन रोक्ने प्रतिबद्धता जनाउनुभएको थियो । त्यसपछि उहाँको प्रशासनले कानूनी आप्रवासनमाथिको छानविन विस्तार गर्दै कडा भिसा परीक्षण, शुल्क वृद्धि तथा विदेशी कामदार र अन्य भिसा आवेदकमाथि विभिन्न प्रतिबन्ध लागू गरेको छ । केही आप्रवासनसम्बन्धी कारबाही राजनीतिक गतिविधि र प्यालेस्टाइन समर्थक सक्रियतासँग समेत जोडिएका छन् ।

प्रशासनका नीतिले भने मानव अधिकार समूहको आलोचना र कानूनी चुनौती सामना गरिरहेका छन् । आलोचकहरूले केही व्यवस्थाले भेदभावपूर्ण अभ्यास बढाएको तथा अभिव्यक्ति स्वतन्त्रता र उचित प्रक्रियाको अधिकार प्रभावित गरेको आरोप लगाएका छन् ।

यसैबीच, अगस्ट २१ मा एक अमेरिकी न्यायाधीशले ७५ देशका नागरिकलाई आप्रवासी भिसा जारी गर्न निलम्बन गर्ने ट्रम्प प्रशासनको नीति खारेज गरेका थिए । उक्त नीति विदेशमन्त्री मार्को रुबियोको वैधानिक अधिकारभन्दा बाहिर रहेको न्यायाधीशले फैसला गरेका थिए ।

2