Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

रसुवा बाढीले ६०० भन्दा बढी नयाँ गाडी बगायो

रसुवा बाढीले ६०० भन्दा बढी नयाँ गाडी बगायो
अ+ अ-

काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको बाढीले भन्सार जाँचपास गरी काठमाडौं ल्याउने तयारीमा रहेका ६०० भन्दा बढी नयाँ सवारीसाधन बगाएको छ। प्रारम्भिक अनुमानअनुसार घटनाबाट अटो व्यवसायीहरूले अर्बौं रुपैयाँ बराबरको क्षति बेहोर्नुपर्ने भएको छ।

बाढीमा परेका अधिकांश सवारीसाधन राजधानीमा जारी नाडा अटो शो तथा हालै सम्पन्न नाइमा मोबिलिटी एक्स्पोलाई लक्षित गरी आयात गरिएका नयाँ मोडलका गाडी रहेको व्यवसायीहरूले बताएका छन्। घटनाबाट विद्युतीय सवारीसाधन (ईभी) मा विशेष रूपमा ठूलो क्षति पुगेको छ।

व्यवसायीहरूका अनुसार बाढीले बीवाईडी, एमजी, ओमोडा एन्ड जेको र वुलिङलगायत ब्रान्डका नयाँ सवारीसाधन बगाएको छ। प्रारम्भिक विवरणअनुसार बीवाईडी र एमजीका मात्रै ३५० भन्दा बढी गाडी बाढीको चपेटामा परेका छन्।

राजधानीमा जारी नाडा अटो शोबाट नयाँ गाडीको बुकिङ बढिरहेका बेला आपूर्ति पक्षमा आएको यो क्षतिले व्यवसायीलाई थप दबाबमा पारेको छ। शोमा बुकिङ गरिएका गाडी समयमै ग्राहकलाई उपलब्ध गराउनुपर्ने अवस्थामा आयातित स्टक नै नष्ट भएपछि व्यवसायीहरू अन्योलमा परेका छन्।

‘अटो शोमा बुकिङ लिइरहेका छौँ, तर स्टकका लागि आउन लागेका गाडीहरू बाढीले बगाएपछि ग्राहकलाई समयमै डेलिभरी कसरी गर्ने भन्ने ठूलो समस्या आएको छ,’ एक अटो व्यवसायीले बताए।

बाढीले सवारीसाधनमा मात्र क्षति पुर्‍याएको छैन। केरुङ नाका जोड्ने सडक, पुल तथा अन्य पूर्वाधारमा समेत क्षति पुगेको बताइएको छ। सडक सञ्जाल अवरुद्ध भएपछि भन्सार क्षेत्रमा सुरक्षित रहेका सवारीसाधनसमेत तत्काल काठमाडौं ल्याउन कठिन भएको व्यवसायीहरूको भनाइ छ।

यसले आगामी दिनमा बजारमा नयाँ गाडीको आपूर्ति प्रभावित हुने र ग्राहकले बुकिङ गरेका सवारीसाधनको डेलिभरीका लागि लामो समय प्रतीक्षा गर्नुपर्ने अवस्था आउन सक्ने व्यवसायीहरूले बताएका छन्।

लामो समयदेखि सुस्त रहेको अटो बजारमा नाडा अटो शोमार्फत कारोबार बढ्ने अपेक्षा गरिरहेका व्यवसायीका लागि बाढीको क्षति ठूलो झट्का बनेको छ। विशेषगरी ईभीको माग बढिरहेका बेला ठूलो संख्यामा नयाँ सवारीसाधन नष्ट हुँदा बजारमा यसको प्रत्यक्ष असर पर्ने देखिएको छ।

भन्सार विभाग तथा सम्बन्धित निकायले घटनाबाट भएको क्षतिको विवरण संकलन गरिरहेका छन्। बाढीमा परेका सवारीसाधनको बीमा भए पनि दाबी प्रक्रिया, क्षतिको मूल्यांकन र नयाँ सवारीसाधन पुनः आयात गर्न लाग्ने समयका कारण व्यवसायीले तत्काल राहत पाउने अवस्था नरहेको बताइएको छ।

2