काठमाडौं। रसुवामा आएको भीषण बाढीका कारण जोखिममा परेका ८८ जनाको नेपाली सेनाले हवाई उद्धार गरेको छ।
बाढीबाट प्रभावित तथा जोखिममा रहेका नागरिकलाई सेनाले हेलिकोप्टरमार्फत सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो। उद्धार कार्यलाई आवश्यकताअनुसार निरन्तरता दिइने नेपाली सेनाले जनाएको छ।
बाढीका कारण जिल्लाका विभिन्न क्षेत्रमा जनजीवन प्रभावित भएको छ। स्थानीय प्रशासन र सुरक्षा निकायले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सतर्कता अपनाउन तथा अवस्था गम्भीर भए सुरक्षित स्थानतर्फ जान आग्रह गरेका छन्।
