Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

रसुवामा लाङटाङ खोला जलविद्युत् आयोजनाका ३५ कामदार सुरुङभित्र फसे

रसुवामा लाङटाङ खोला जलविद्युत् आयोजनाका ३५ कामदार सुरुङभित्र फसे
अ+ अ-

काठमाडौं। रसुवामा आएको भीषण बाढीका कारण लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ३५ जना कामदार पेनस्टक टनेलभित्रै फसेका छन्। आयोजनाको क्याम्पमा रहेका इन्जिनियर, ओभरसियर, भान्छे, चालक र सुरक्षा गार्डसहित करिब २५ जना कर्मचारीसँग समेत हालसम्म सम्पर्क हुन सकेको छैन।

आयोजनाका प्रबन्ध निर्देशक तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का सचिव विजय मोहन भट्टराईका अनुसार २० मेगावाट क्षमताको आयोजनाको निर्माण कार्य सम्पन्न भइसकेको थियो। आयोजना परीक्षण र नेपाल विद्युत् प्राधिकरणको ग्रिडमा लाइन जोड्ने तयारीमा रहेका बेला बाढीले ठूलो क्षति पुर्‍याएको हो।

पेनस्टक टनेलमा कंक्रिट गर्ने काम भइरहेका बेला खोलाको सतहबाट करिब ७० देखि ८० मिटर तल काम गरिरहेका ३५ जना कामदार सुरुङभित्र फसेका हुन्। सुरुङभित्र पानी र लेदो करिब १०० मिटरसम्म प्रवेश गरेको बताइएको छ।

बाढीले आयोजनाको पावरहाउस र क्याम्प क्षेत्रमा समेत ठूलो क्षति पुर्‍याएको छ। आयोजनाका संरचनामा व्यापक क्षति पुगेपछि विद्युत् उत्पादन सुरु गर्ने तयारीसमेत प्रभावित भएको छ।

भट्टराईका अनुसार सुरुङभित्र फसेका तथा क्याम्पबाट सम्पर्कविहीन भएका कर्मचारीका परिवार चिन्तित अवस्थामा छन्। सडक मार्ग पूर्ण रूपमा अवरुद्ध भएकाले स्थलमार्गबाट उद्धार सम्भव नभएको र उपलब्ध हेलिकोप्टरहरू सरकारी उद्धार कार्यमा परिचालन गरिएकाले तत्काल निजी स्तरबाट उद्धार टोली पठाउनसमेत कठिन भएको उनले बताए।

भट्टराईले आयोजनामा भएको भौतिक क्षतिको मूल्यांकनभन्दा अहिले सुरुङभित्र फसेका र सम्पर्कविहीन भएका कर्मचारीको उद्धार तथा खोजीलाई प्राथमिकता दिन सरकार, स्थानीय प्रशासन र सम्बन्धित उद्धार निकायसँग आग्रह गरेका छन्।

उनले बाढीबाट भएको क्षति वा आयोजनाको उत्पादन क्षमताभन्दा मानवीय ज्यान जोगाउनु अहिलेको मुख्य प्राथमिकता हुनुपर्ने भन्दै बेपत्ता तथा फसेका सबैको खोजी र उद्धारका लागि तत्काल पहल गर्न अपिल गरेका छन्।

2