Logo

कञ्चनपुरमा राष्ट्रिय वाणिज्य बैंकको थप शाखा विस्तार

अ+ अ-

कञ्चनपुर- राष्ट्रिय वाणिज्य बैंकले कञ्चनपुरमा थप शाखा विस्तार गरेको छ । जिल्लास्थित झलारी बजारबाट बिहीबारदेखि नयाँ शाखा विस्तार गर्दै बैंकले कारोबार सुरु गरेको छ ।

तीन सयौँ शाखाको रूपमा राष्ट्रिय वाणिज्य बैंकले यस क्षेत्रका सेवाग्राहीहरूलाई सेवा प्रदान गर्ने उद्देश्यले झलारीमा पनि शाखा विस्तार गरेको शाखाका प्रमुख पुरुषोत्तम लेखकले जानकारी दिनुभयो । अहिले घर भाडामा लिएर नयाँ शाखा विस्तार गरिएको हो ।

बिहीबारदेखि शाखाले दिने नियमित सेवाहरू सुरु गरिएको शाखा प्रमुख लेखकले जानकारी दिनुभयो । बैंकको औपचारिकरुपमा उद्घाटन भने केही समयपछि गरिने जनाइएको छ । झलारी शाखामा हाल एटीएम बाहेकका सबै सेवाहरू प्रदान गरिने बैंकले जनाएको छ । यसै गरी कञ्चनपुरमा राष्ट्रिय वाणिज्य बैंकका चार शाखा विस्तार गरिएका छन् ।