Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

मुस्ताङका उच्च हिमाली क्षेत्रमा हिमताल र बाढीको जोखिमबारे अनुगमन

मुस्ताङका उच्च हिमाली क्षेत्रमा हिमताल र बाढीको जोखिमबारे अनुगमन
A A+ A-

मुस्ताङ। उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढीको जोखिम पहिचान गर्न स्थलगत र ड्रोनमार्फत अनुगमन सुरु गरिएको छ। हालसम्म अनुगमन गरिएका क्षेत्रमा तत्काल जोखिमको कुनै सङ्केत नदेखिएको अधिकारीहरूले बताएका छन्।

भोटेकोशी बाढीपछि उपल्लो मुस्ताङमा पनि उच्च हिमाली क्षेत्रको विपद् जोखिम पहिचान र पूर्वतयारीलाई तीव्रता दिइएको हो। जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा सशस्त्र प्रहरी बल नेपालअन्तर्गत बीओपी नेचुङ, नेपाल प्रहरी, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङ तथा संरक्षण क्षेत्र व्यवस्थापन समितिको संयुक्त टोलीले कालीगण्डकी नदी प्रणालीका मुहान र आसपासका उच्च पर्वतीय क्षेत्रको अनुगमन गरिरहेको छ।

एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलका अनुसार पहिलो चरणमा नेपाल–चीन सीमास्थित १८ र १९ नम्बर सीमास्तम्भ नजिक कालीगण्डकी नदी प्रणालीका दुई मुहानको स्थलगत तथा ड्रोनमार्फत निरीक्षण गरिएको थियो। निरीक्षणका क्रममा हिमपातको अवस्था तथा सम्भावित जोखिमको मूल्याङ्कन गरिएको र तत्काल जोखिम नदेखिएको पौडेलले जानकारी दिए।

दोस्रो चरणमा लोमान्थाङमाथिको उच्च पर्वतीय क्षेत्रमा रहेको घ्याकरछु तालको निरीक्षण गरिएको छ। समुद्र सतहबाट करिब ५ हजार ५५० मिटर उचाइमा रहेको उक्त क्षेत्रमा ड्रोनमार्फत गरिएको निरीक्षणमा हिमनदीका ढिस्काहरू देखिए पनि तत्काल जोखिमको सङ्केत नदेखिएको पौडेलले बताए।

अब लोमान्थाङको चुमजुङमाथि रहेको छुआमा पिकको शिर तथा लोघेकर दामोदरकुण्ड–१ चराङमाथिको पर्वतीय क्षेत्रमा कालीगण्डकी नदी प्रणालीको थप अनुगमन गर्ने तयारी छ। जीपीएसबाट ती क्षेत्रमा हिमताल रहेको देखिएपछि स्थलगत निरीक्षण गर्न लागिएको पौडेलले बताए।

गत वर्ष लोमान्थाङको चुमजुङमाथि छुआमा पिकबाट कालीगण्डकी नदी प्रणालीमा लेदोसहितको बाढी आएपछि स्थानीय क्षेत्रमा जोखिम बढेको थियो।

उच्च हिमाली क्षेत्रमा हिमताल फुट्ने, हिमपहिरो जाने वा बाढी आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै नदीका मुहान तथा संवेदनशील क्षेत्रको नियमित अनुगमनलाई निरन्तरता दिइने एक्यापले जनाएको छ। सम्भावित जोखिमको पहिचान, प्रारम्भिक चेतावनी र प्रभावकारी प्रतिकार्यका लागि उच्च हिमाली क्षेत्रमा विपद् पूर्वतयारीसमेत सुदृढ बनाइने भएको छ।

2