Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

बाढीपीडितलाई जगरनाथपुरद्वारा १५ लाख सहयोग

बाढीपीडितलाई जगरनाथपुरद्वारा १५ लाख सहयोग
अ+ अ-

पर्सा। रसुवा र नुवाकोटमा आएको बाढीका कारण प्रभावित बनेकाको उद्धार, राहत तथा पुनःस्थापनाका लागि पर्साको जगरनाथपुर गाउँपालिकाले रु १५ लाख आर्थिक सहयोग गर्ने भएको छ । गाउँ कार्यपालिकाको आज बसेको बैठकले गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट रु पाँच लाख ५१ हजार सहयोग गर्ने सर्वसम्मत निर्णय गरेको छ ।

गाउँपालिकाका अध्यक्ष श्रीकान्तप्रसाद यादवले विपद् व्यवस्थापन कोषको रकमसँगै गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिको एक महिनाको तलबभत्ता तथा सुविधा बराबरको रकम र कर्मचारीबाट नेपाल सरकारले तोकेबमोजिमको रकम सङ्कलन गरी कुल रु १५ लाख सहयोग गर्ने बताए ।

बैठकबाट निर्णय भएको रकम सङ्कलन गरी दुई(तीन दिनभित्र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने उनको भनाइ छ । गाउँपालिकाले शोक मन्तव्य जारी गारी भनेको छ, “बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछौँ । विपद्मा परी ज्यान गुमाउने नेपाली तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दछौँ, साथै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै प्रभावित नागरिकको शीघ्र उद्धार तथा स्वास्थ्यलाभको कामनापनि गर्दछौँ ।”

2