Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

क्यूआर कारोबार ७३ प्रतिशत बढ्यो

क्यूआर कारोबार ७३ प्रतिशत बढ्यो
A A+ A-

काठमाडौँ। नेपालमा डिजिटल भुक्तानीको प्रयोग तीव्र रूपमा विस्तार भएको छ। नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०८२/८३ को १२ महिनाको तथ्यांकअनुसार मोबाइल बैंकिङ, क्यूआर र वालेटमार्फत हुने कारोबारको संख्या र रकम दुवै उल्लेख्य बढेका छन्।

राष्ट्र बैंकका अनुसार २०८३ असारमा मोबाइल बैंकिङमार्फत ८ करोड २६ लाख कारोबार भएका छन्। अघिल्लो वर्षको सोही महिनामा ६ करोड ५५ लाख कारोबार भएकामा एक वर्षमा २६.१२ प्रतिशत वृद्धि भएको हो।

क्यूआर भुक्तानीको विस्तार भने अझ तीव्र देखिएको छ। २०८२ असारमा ४ करोड २ लाख ३६ हजार रहेको क्यूआर कारोबार संख्या २०८३ असारमा बढेर ६ करोड ९५ लाख ९० हजार पुगेको छ। यो ७२.९६ प्रतिशत वृद्धि हो। वालेट कारोबार पनि ४ करोड १९ लाखबाट बढेर ५ करोड ७० लाख पुगेको छ।

फास्टर पेमेन्ट सिस्टमबाट हुने कारोबार २२.६२ प्रतिशत बढेर २ करोड २१ लाख पुगेको छ भने आईपीएस कारोबार ३.६३ प्रतिशत बढेर ५६ लाख ३८ हजार पुगेको छ।

इन्टरनेट बैंकिङ कारोबार २१.७० प्रतिशत, क्रेडिट कार्ड कारोबार ३३.०९ प्रतिशत र ई–कमर्स कारोबार ६४.९६ प्रतिशतले बढेको छ। ई–कमर्स कारोबार संख्या मात्रै १ लाख ९६ हजारबाट बढेर ३ लाख २४ हजार पुगेको छ।

कारोबार रकममा मोबाइल बैंकिङ अगाडि

कारोबार रकमका आधारमा पनि मोबाइल बैंकिङ सबैभन्दा अगाडि छ। २०८३ असारमा मोबाइल बैंकिङमार्फत ६ खर्ब ९६ अर्ब ९४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ, जुन अघिल्लो वर्षको ५ खर्ब ३० अर्ब २८ करोड रुपैयाँभन्दा ३१.४ प्रतिशत बढी हो।

क्यूआर कारोबार रकम १ खर्ब १३ अर्ब २० करोडबाट बढेर १ खर्ब ८९ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ। वालेट कारोबार रकम पनि ४८ अर्ब ४४ करोडबाट बढेर ५८ अर्ब ५ करोड रुपैयाँ पुगेको छ।

फास्टर पेमेन्ट सिस्टममार्फत ६८ अर्ब ३१ करोड र आईपीएसमार्फत ५७ अर्ब ६७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। समीक्षा अवधिमा फास्टर पेमेन्ट सिस्टमको कारोबार रकम २१.४० प्रतिशत र आईपीएसको २३.२० प्रतिशतले बढेको छ।

इन्टरनेट बैंकिङ कारोबार रकम २२.७० प्रतिशत बढेर ३१ अर्ब १० करोड रुपैयाँ पुगेको छ। क्रेडिट कार्ड कारोबार १७.१० प्रतिशत बढेर २ अर्ब ६० करोड तथा ई–कमर्स कारोबार रकम ३३ प्रतिशत बढेर १ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ।

नगद र कार्ड कारोबार घट्दै

डिजिटल भुक्तानीको विस्तारसँगै एटीएमबाट नगद निकासी र कार्ड कारोबार भने घटेको छ। एटीएम नगद निकासी कारोबार १ करोड १० लाख ७९ हजारबाट घटेर ९९ लाख ८७ हजारमा आएको छ, जुन ९.८३ प्रतिशत कमी हो।

डेबिट कार्ड कारोबार पनि १ करोड १९ लाख ७१ हजारबाट घटेर १ करोड ५ लाख ५५ हजारमा झरेको छ। पिओएस कारोबारसमेत ३२.३१ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांक छ।

क्रस–बोर्डर क्यूआर झन्डै तीन गुणा

क्रस–बोर्डर क्यूआर कारोबारमा पनि तीव्र वृद्धि भएको छ। २०८२ असारमा १ लाख ५५ हजार रहेको कारोबार संख्या २०८३ असारमा बढेर ४ लाख २५ हजार पुगेको छ।

यसको कारोबार रकम ४४ करोड ६९ लाखबाट बढेर १ अर्ब १७ करोड रुपैयाँ पुगेको छ। एक वर्षमा क्रस–बोर्डर क्यूआर कारोबार रकम करिब १६२ प्रतिशतले बढेको हो।

राष्ट्र बैंकको तथ्यांकले नेपालमा डिजिटल भुक्तानीको पहुँच मात्र विस्तार नभई मोबाइल, क्यूआर र वालेटजस्ता माध्यमबाट हुने कारोबारको आवृत्ति र रकम दुवै तीव्र रूपमा बढिरहेको देखाएको छ।

2