Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

भोटेकोशी बाढीपीडितलाई एके राठी र सारडा ग्रुपद्वारा एक करोड एक लाख सहयोग

भोटेकोशी बाढीपीडितलाई एके राठी र सारडा ग्रुपद्वारा एक करोड एक लाख सहयोग
अ+ अ-

विराटनगर। रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावितको राहत, पुनःस्थापना तथा पुनःनिर्माणमा सहयोग पु¥याउने उद्देश्यले एके राठी ग्रुप र सारडा ग्रुपले संयुक्त रूपमा रु एक करोड एक लाख सहयोग गरेको छ ।

एके राठी ग्रुपका निर्देशक तथा मोरङ उद्योग व्यापार सङ्घका अध्यक्ष अनुपम राठी र सारडा ग्रुपका अध्यक्ष शिवरतन सारडाले आज अर्थ मन्त्रालयमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरेको हो । सो रकम प्रधानमन्त्री दैवी प्रकोष उद्धार कोषमा जम्मा गरिएको छ ।

चेक हस्तान्तरणका क्रममा दुवै औद्योगिक समूहका प्रतिनिधिले प्राकृतिक विपत्ति र राष्ट्रिय सङ्कटका समयमा निजी क्षेत्र सरकारको सहकार्यमा निरन्तर सक्रिय रहँदै आएको बताएको थियो । आगामी दिनमा विपद् व्यवस्थापन, राहत तथा पुनःनिर्माणकार्यमा सरकारसँग सहकार्य र सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता उनीहरूले व्यक्त गरेको छ ।

2