Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

पृथ्वी राजमार्ग बन्द भएपछि बीपीमा सवारी चापको जोखिम

पृथ्वी राजमार्ग बन्द भएपछि बीपीमा सवारी चापको जोखिम
अ+ अ-

काठमाडौँ। पृथ्वी राजमार्ग (काठमाडौँ–मुग्लिन सडकखण्ड) बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएपछि पूर्वी पहाड तथा तराईबाट काठमाडौँ आउने ठूला बस र मालवाहक सवारीसाधनको चाप बीपी राजमार्गमा बढ्ने भएको छ।

आइतबार त्रिशूली नदीमा आएको बाढीले कृष्णभीरलगायत स्थानमा सडक कटान गरेपछि पृथ्वी राजमार्ग बन्द भएको हो। सडक डिभिजन भक्तपुरका डिभिजन प्रमुख सुमन योगेशका अनुसार त्यसपछि कान्ति लोकपथ र त्रिभुवन राजपथमा समेत चाप बढ्नेछ।

तर, बीपी राजमार्गमा बाढीबाट क्षतिग्रस्त सडकको पुनर्निर्माण जारी रहेकाले ठूला सवारी सञ्चालन चुनौतीपूर्ण हुने उनले बताए। धुलिखेल–भकुण्डेबेँसी तथा खुर्कोट–चियाबारी खण्डका साँघुरा घुम्तीमा ठूला बस, मालवाहक ट्रक र ग्यास बुलेट सञ्चालन गर्दा जाम तथा सुरक्षाको समस्या आउन सक्ने उनको भनाइ छ।

“दिउँसो साना सवारीको चाप धान्न सकिन्छ, तर ठूला सवारीको चाप धान्ने अवस्था छैन,” योगेशले भने।

आवश्यक परे ठूला बस तथा मालवाहक सवारीलाई रातिको समयमा व्यवस्थापन गर्ने विकल्प सडक डिभिजनले अघि सारेको छ। ग्यास बुलेट सञ्चालनका लागि चालकलाई स्थलगत निरीक्षण गराई सुरक्षित भए मात्र अनुमति दिने तयारी छ।

यसैबीच, बाढीबाट क्षतिग्रस्त पृथ्वी राजमार्ग सञ्चालनमा आउन एक महिनाभन्दा बढी समय लाग्न सक्ने सडक डिभिजनको अनुमान छ।

जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि निर्माण सुरु भएको बीपी राजमार्ग २०७२ मा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो। पृथ्वी राजमार्गको अवरोधले अहिले यही वैकल्पिक मार्गमाथि थप दबाब बढ्ने भएको छ।

2