सुर्खेत। कर्णाली प्रदेश सरकारले भदौ १० गतेको रसुवा बाढीबाट प्रभावितका लागि दुई करोड रुपैयाँ सहयोग गर्ने भएको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा राहत, उद्धार, पुनस्र्थापना तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण एंव विपद व्यवस्थापनमा कर्णाली सरकारका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड जम्मा गर्ने निर्णय गरेको आर्थिक मामिला मन्त्री टेकराज पछाईले जानकारी दिए।
यस्तै मन्त्रिपरिषद बैठकले सामाजिक विकास मन्त्रालयले पेश गरेको ‘शिक्षा क्षेत्र योजना २०८३–२०९२’ लाई स्वीकृत गर्ने निर्णयसमेत गरेको छ।
