Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

बुटवलमा दीपावली सडक खाना महोत्सव सुरु

बुटवलमा दीपावली सडक खाना महोत्सव सुरु
A A+ A-

बुटवल: तिहारको अवसर पारेर बुटवलमा दीपावली सडक खाना महोत्सव सुरु भएको छ। बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीको आयोजनामा शुक्रबार साँझदेखि बुटवल उपमहानगरपालिका-८ सुख्खानगरस्थित शुक्रपथमा महोत्सव सुरु भएको हो। महोत्सवको उद्घाटन बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले दीप प्रज्वलन गरी गरेका थिए।

उद्घाटन समारोहमा नगरप्रमुख पाण्डेयले बुटवलको आर्थिक विकासका लागि स्थानीय सरकार र निजी क्षेत्रबिचको सहकार्य महत्वपूर्ण रहेको बताए। उनले सहरको व्यापार र व्यावसायिक गतिविधि चलायमान बनाउन नगरपालिका निजी क्षेत्रसँग मिलेर अघि बढिरहेको उल्लेख गरे। बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले महोत्सवले बजारलाई थप चलायमान बनाउने विश्वास व्यक्त गरिन्।

महोत्सव कात्तिक २२ गतेसम्म सञ्चालन हुनेछ। दैनिक अपराह्न ४ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने सो महोत्सवमा खानाका परिकार, तिहारका सामग्री तथा स्थानीय उत्पादनका ५० वटा स्टल राखिएको छ। सङ्घका सदस्य तथा स्टल संयोजक लेखनाथ भण्डारीका अनुसार महोत्सवमा मौलिक परम्परासँग जोडिएका रैथाने खाना, फूलमाला र तिहारका लागि आवश्यक सामग्री प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन्।

बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरिश्वर शर्मा पौडेलले महोत्सवले दीपावलीको सांस्कृतिक महत्व र मौलिक परम्पराको संरक्षणसँगै व्यावसायिक गतिविधि बढाउन मद्दत पुग्ने बताए। महोत्सवमा खानाका परिकारका साथै सांस्कृतिक प्रस्तुति र मनोरञ्जनका कार्यक्रमसमेत समावेश गरिएको छ। आयोजकका अनुसार महोत्सवको पहिलो दिन स्थानीय ब्यान्डको प्रस्तुति रहेको छ भने दोस्रो दिन देउसीभैलो प्रतियोगिता र तेस्रो दिन राष्ट्रिय कलाकारहरूको साङ्गीतिक प्रस्तुति रहनेछ।

2