काठमाडौं: नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख पदका लागि १६ जना उम्मेदवार संक्षिप्त सूचीमा परेका छन्। बोर्डले कार्यकारी प्रमुख छनोट तथा नियुक्ति सिफारिस कार्यविधि, २०८३ अनुसार आवेदन दिएका उम्मेदवारहरूको मूल्याङ्कन गरी सो सूची सार्वजनिक गरेको हो।
छनोट उपसमितिले सार्वजनिक गरेको सूचीअनुसार पूर्वमन्त्री श्रद्धा श्रेष्ठसहित १६ जना उम्मेदवार छनोटमा परेका छन्। सूचीमा पर्ने अन्य उम्मेदवारहरूमा आशुतोष प्रधान, उत्तम प्रसाद देवकोटा, टेक बहादुर महत, धर्मराज दवाडी, नोजल कोइराला, युविका भण्डारी, राजाराम के.सी., रामचन्द्र सेढाई, रोहिणी प्रसाद खनाल, लक्ष्मण गौतम, विनोद अर्याल, श्रीप्रसाद भट्टराई, सन्तोष विक्रम थापा, सुरेश सिंह बुढाल र हिममत सिंह ऐर रहेका छन्।
बोर्डले जनाएअनुसार संक्षिप्त सूचीमा परेका उम्मेदवारहरूले आगामी २०८३ मंसिर १० गते बिहान ८:१५ बजे व्यावसायिक प्रस्तुतीकरणमा सहभागी हुनुपर्नेछ। प्रस्तुतीकरणका क्रममा उम्मेदवारहरूले आफ्नो शैक्षिक योग्यता तथा अनुभवसम्बन्धी सम्पूर्ण कागजातहरू अनिवार्य रूपमा साथमा लिएर बोर्डको सचिवालयमा उपस्थित हुनुपर्नेछ।
