काठमाडौं: पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन सार्वजनिक बिदाका दिनमा पनि नेपाल आयल निगमका डिपो खुला रहने भएका छन्। तिहारको अवसरमा दिइने सार्वजनिक बिदामा समेत उपभोक्तालाई इन्धनको अभाव हुन नदिन निगमले यस्तो निर्णय गरेको हो।
निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार स्थानीय आवश्यकताका आधारमा विराटनगर, अमलेखगन्ज, थानकोट, पोखरा, भैरहवा, सुर्खेत, धनगढी, नेपालगन्ज, दाङ, जनकपुर, चारआली, वीरगन्ज र दिपायलमा रहेका डिपो तथा प्रादेशिक कार्यालयहरू खुला रहनेछन्। उपभोक्ताको हितलाई ध्यानमा राखेर बिदाको समयमा पनि सेवा प्रवाहलाई निरन्तरता दिइएको निगमले जनाएको छ।
