Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

लुम्बिनीमा २७९ मेट्रिक टन फूल उत्पादन

लुम्बिनीमा २७९ मेट्रिक टन फूल उत्पादन
A A+ A-

काठमाडौं: लुम्बिनी प्रदेशमा यस वर्षको तिहारलाई लक्षित गरी २७९ मेट्रिक टन फूल उत्पादन हुने भएको छ। प्रदेशका १२ वटै जिल्लामा गरी ५९ हेक्टर क्षेत्रफलमा सयपत्री र मखमली लगायतका फूल खेती गरिएको छ। लुम्बिनी प्रदेश कृषि निर्देशनालयका अनुसार यसबाट करिब ७ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ।

निर्देशनालयका कृषि प्रसार अधिकृत नवीन गैरेका अनुसार व्यावसायिक फूल खेती विस्तार भएसँगै बाहिरबाट फूल आयात गर्नुपर्ने अवस्थामा कमी आएको छ। प्रदेशमा २५९ मेट्रिक टन सयपत्री र १८.५ मेट्रिक टन मखमली फूल उत्पादन हुने प्रक्षेपण गरिएको छ। सयपत्रीबाट ६ करोड ९४ लाख र मखमलीबाट ६० लाख ५० हजार रुपैयाँको कारोबार हुने अनुमान छ।

तथ्याङ्कअनुसार कपिलवस्तुमा सबैभन्दा धेरै २१ हेक्टर क्षेत्रफलमा फूल खेती गरिएको छ। तर, कारोबारका आधारमा दाङ पहिलो स्थानमा छ। दाङमा ८.८ हेक्टर क्षेत्रफलबाट ४८.५ मेट्रिक टन फूल उत्पादन भई १ करोड ५२ लाख ३० हजार रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ। दोस्रो स्थानमा रहेको बाँकेमा ३८.५ मेट्रिक टन उत्पादनबाट १ करोड ५१ लाख ७५ हजार रुपैयाँको कारोबार हुने अपेक्षा छ।

किसानहरूले फूल खेती आम्दानीको राम्रो स्रोत बन्न सक्ने बताएका छन्। पाल्पा र कपिलवस्तुका किसानहरूले बाँझो जमिनको सदुपयोग गर्दै व्यावसायिक खेतीमा जोड दिएका छन्। उनीहरूका अनुसार तरकारी खेतीको तुलनामा फूल खेतीमा कम रोग लाग्ने र धेरै झन्झट नहुने भएकाले आकर्षण बढेको छ।

यसैबीच, रुपन्देहीका बुटवल उपमहानगरपालिका र सिद्धार्थनगर नगरपालिकाले प्लास्टिकजन्य फूल तथा मालाको प्रयोग निरुत्साहित गर्दै स्थानीय उत्पादन प्रयोग गर्न नगरवासीलाई अपिल गरेका छन्। बुटवलका प्रमुख खेलराज पाण्डेले स्थानीय उत्पादनको प्रवर्द्धनले वातावरण संरक्षण र किसानको आयआर्जनमा सहयोग पुग्ने बताएका छन्। बुटवल उपमहानगरपालिकाले १७ वटा कृषि फार्मबाट फूल खरिद गर्न सकिने व्यवस्था मिलाएको छ।

2