Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

रसुवा बाढीमा १२ जलविद्युत् आयोजनाका ८९४ जना अझै सम्पर्कविहीन

रसुवा बाढीमा १२ जलविद्युत् आयोजनाका ८९४ जना अझै सम्पर्कविहीन
A A+ A-

काठमाडौँ। रसुवामा आएको विनाशकारी बाढीले रसुवा र नुवाकोटका आयोजनासँग सम्बन्धित ८९४ जना अझै सम्पर्कविहीन छन्। प्रारम्भिक विवरणअनुसार ६६९ मेगावाट क्षमताका १२ जलविद्युत् आयोजना प्रभावित भएका छन्।

प्रभावित आयोजनामध्ये ८ वटा सञ्चालनमा र ४ वटा निर्माणाधीन छन्। रसुवामा ४९४ मेगावाटका ६ आयोजनासँग सम्बन्धित ७२६ जना र नुवाकोटमा १७६ मेगावाटका ६ आयोजनासँग सम्बन्धित १६८ जना सम्पर्कविहीन छन्।

सबैभन्दा गम्भीर अवस्था २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ मा देखिएको छ। यहाँ मात्रै ५७३ जना सम्पर्कविहीन छन्। तीमध्ये करिब ३०० जना सुरुङभित्र काम गर्ने श्रमिक रहेको अनुमान छ। सोमबार थप तीन जनाको उद्धार भएपछि आयोजनाबाट उद्धार भई सम्पर्कमा आएकाको संख्या ८७३ पुगेको बताइएको छ।

१११ मेगावाटको रसुवागढी आयोजनामा ९३ जना, २२ मेगावाटको चिलिमेमा ८ जना, २० मेगावाटको लाङटाङ खोलामा ४१ जना, ६० मेगावाटको माथिल्लो त्रिशूली–३ एमा ४२ जना र ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ बीमा १२२ जना सम्पर्कविहीन छन्।

माथिल्लो त्रिशूली–३ एको सुरुङमा पानी भरिएपछि पम्पमार्फत पानी हटाउने काम भइरहेको छ। त्रिशूली–३ बीको अधिकांश संरचना बग्नुका साथै २२० केभी त्रिशूली–३ बी हब सबस्टेसनमा पूर्ण क्षति पुगेको छ।

रसुवा–भोटेकोशी, मैलुङ खोला र मिडल त्रिशूली गंगालगायत आयोजनामा पनि क्षति पुगेको छ। ती आयोजनामा क्रमशः ४, ७ र २ जना सम्पर्कविहीन छन्।

नेपाली सेना, आयोजनाका प्राविधिक, पर्वतारोही तथा भारतीय प्राविधिक टोली उद्धारमा परिचालन भए पनि सुरुङभित्र पानी, ढुंगा–माटो र क्षतिग्रस्त पहुँचमार्गका कारण उद्धार चुनौतीपूर्ण बनेको छ।

बाढीले जलविद्युत् आयोजना, विद्युत्गृह, सुरुङ, पहुँचमार्ग र सबस्टेसनमा क्षति पुर्‍याएपछि विद्युत् उत्पादन अवरोधसँगै पुनःनिर्माणमा ठूलो लगानी र समय लाग्ने जोखिम बढेको छ। यद्यपि अहिले आयोजनागत आर्थिक क्षतिको मूल्यांकनभन्दा सम्पर्कविहीनको खोजी र उद्धारलाई पहिलो प्राथमिकता दिइएको छ।

2