Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

नेप्से ९.२४ अंकले बढ्यो

नेप्से ९.२४ अंकले बढ्यो
अ+ अ-

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार ९.२४ अंकले बढेर २,५२२.६६ विन्दुमा बन्द भएको छ। बजार परिसूचक बढे पनि समग्र कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा घटेको छ।

सोमबार पनि नेप्से ९.२४ अंकले बढेर २,५२२.६६ विन्दुमा पुगेको थियो। मंगलबार कुल २ अर्ब ९० करोड ६० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। सोमबार भने ३ अर्ब ६४ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।

मंगलबार कारोबार भएका १३ उपसमूहमध्ये १२ वटा उपसमूहको सूचक बढेका छन् भने एउटा उपसमूहको सूचक घटेको छ। यसले बजारमा अधिकांश क्षेत्रमा सकारात्मक प्रभाव देखिएको संकेत गरेको छ।

व्यक्तिगत कम्पनीतर्फ अपर मैलुङ खोला जलविद्युत कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै बढेको छ। कम्पनीको शेयर मूल्य ७.१५ प्रतिशतले वृद्धि भएको हो। त्यस्तै, एमबीएल इक्विटी फन्डको इकाइ मूल्य करिब ६ प्रतिशत र इमर्जिङ नेपालको शेयर मूल्य करिब ५ प्रतिशतले बढेको छ।

यता मंगलबारदेखि कारोबार सुरु गरेको उपकार लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सबैभन्दा धेरै ८.४८ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर अगाडि रहेको छ। कम्पनीको १३ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, शिवम् सिमेन्ट्सको १३ करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

2